शुक्रवार, फाल्गुण १८ गते २०८०

२०८०, फाल्गुण १८गते

1st Mar 2024

    शुक्रवार, फाल्गुण १८ २०८०
images
images

तपाईंको आजको दिन कस्तो छ? पाथिभरामाताको दर्शन गर्दै हेर्नुहोस् राशिफल

तपाईंको आजको दिन कस्तो छ? पाथिभरामाताको दर्शन गर्दै हेर्नुहोस् राशिफल

शनिवार, मंसिर १६ २०८०
शनिवार, मंसिर १६ २०८०
  • तपाईंको आजको दिन कस्तो छ? पाथिभरामाताको दर्शन गर्दै हेर्नुहोस् राशिफल

    आज - १६ मंसिर २०८० शनिवार को राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मन भावुक र उत्ताउलो बन्नेछ, आफूलाई अनुशासित र संयम बनाउनु पर्छ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला ।


    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । सन्तान सुख मिल्नेछ ।

    images


    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज प्रयत्न गर्दा पनि उपलब्धि पाउन मुस्किल पर्नेछ । आर्थिक कारोबारमा मन्दी आउला । पेटसम्बन्धी समस्याले पिरोल्न सक्छ ।


    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज नयाँ कार्यको योजना बन्नेछ । बोलीको प्रभाव बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । स्वादिष्ट भोजन पनि पाइनेछ ।


    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नु पर्ला । घरायसी समस्या बढ्नेछ, तर सामाजिक र राजनैतिक सम्बन्ध राम्रो हुनेछ ।


    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) परोपकार तथा पुण्य आर्जन गर्न संलग्न भइनेछ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) लामो समयदेखिका बाधाहरू स्वत: फुकुवा हुनेछन् । कला र गलाको प्रभाव बढ्नेछ । परीक्षामा सफलता पनि मिल्नसक्छ ।


    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज नयाँ र शुभ समाचार सुन्न पाइएला । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । नयाँ सवारी साधन प्राप्तिको योग पनि छ ।


    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आजबाट रोकिएको कार्य पुन: सुचारु हुन सक्छ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज कुनै कुराले मनमा शान्ति छाउला । धार्मिक र न्यायिक कार्यमा सफलता मिल्नेछ । दैनिक कार्यमा प्रगति हुने पनि छ ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आस मारेको काम बन्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । आँटेको र ताकेको कार्य पुरा हुनेछ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ । चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । - ज्यो.प. नारायणप्रसाद दुलाल

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    भर्खरै
    images
    images
    images
    साताको लोकप्रीय
    images
    थप समाचार

    ताजा अपडेट