शुक्रवार, फाल्गुण १८ गते २०८०

२०८०, फाल्गुण १८गते

1st Mar 2024

    शुक्रवार, फाल्गुण १८ २०८०
images
images

टिकटक स्टार आयुष–एलिजेको जोडी राहत लिएर आज भूकम्प प्रभावित जाजरकोट जाँदै, ओलीले दिए बधाई

टिकटक स्टार आयुष–एलिजेको जोडी राहत लिएर आज भूकम्प प्रभावित जाजरकोट जाँदै, ओलीले दिए बधाई

मंगलवार, मंसिर १२ २०८०
मंगलवार, मंसिर १२ २०८०
  • टिकटक स्टार आयुष–एलिजेको जोडी राहत लिएर आज भूकम्प प्रभावित जाजरकोट जाँदै, ओलीले दिए बधाई

    चर्चित नेपाली टिकटकर आयुषसिंह ठकुरी र पाकिस्तानी टिकटकर एलिजेह जमाली (एलिजे) को जोडी राहत लिएर भूकम्प प्रभावित क्षेत्र जाजरकोट जाने भएको छ ।

    दुबईमा इन्गेजमेन्ट (टिकाटालो) सकेर गत बिहीबार नेपाल आइपुगेका उनीहरू राहत सामग्रीसहित आज मंगलबार भूकम्प प्रभावित क्षेत्र जाँदैछन् । उनीहरूले भूकम्प प्रभावित क्षेत्रका प्रभावितलाई सहयोग गर्न लागेका हुन् । उनीहरूले जाजरकोटको कुसे गाउँपालिका–३ मा रहेका १६५ घरधुरीलाई राहत सामग्री वितरण गर्ने तयारी छ । ‘जाजरकोट भूकम्कको केन्द्रबिन्दु रामीडाँडाका १६५ घरधुरीलाई करिब एक महिनाका लागि पुग्ने खाद्यान्नसहित उहाँहरू (एलिजे र आयुष) त्यसतर्फ जाँदै हुनुहुन्छ’, एक आफन्तले सुनाए ।

    aayush-1.webp

    images

    राहत प्याकेजमा उनीहरूले झण्डै २० लाख बराबरको रकम खर्च गरेका छन् । रामीडाँडाका १६५ घरधुरीमा वितरण गर्न १/१ बोरा चामलसहित दाल, नुन, तेललगायतको प्याकेज तयार गरिएको छ । त्यस्तै ३ सय ५० विद्यार्थीलाई कापी, कलमलगायत स्टेसनरी सामग्री पनि वितरण गर्न लागिएको छ । विद्यार्थीहरूका लागि एक–एक सेट ट्र्याक सुटको पनि व्यवस्था गरिएको छ ।

    कोही नपुगेको ठाउँमा जान चाहेको भन्दै उनीहरूले सबैभन्दा विकट ठाउँ रोजेका थिए । त्यहाँ राहत सामग्री लैजान उनीहरूले नेपालगन्जबाट ट्रकमा सामान लोड गरिसकेका छन् । राहत वितरण गरिने क्षेत्रसम्म ट्रक जान नसक्ने भएकाले ४ घण्टाको बाटोमा ट्रयाक्टरमा ओसारिनेछ ।

    aayush.webp

    टिकटकबाटै जोडिएका एलिजे र आयुष केही समयदेखि प्रेम सम्बन्धमा थिए । गत असोज १९ गते उनीहरूले संयुक्त अरब इमिरेट्सको दुबईमा इंगेजमेन्ट गरेका थिए । उनीहरूले आफ्नो इन्गजमेन्टका इभेन्टहरू टिकटकमार्फत् पनि सार्वजनिक गरेका थिए । उनीहरूको इन्गेजमेन्टले नेपालमा पनि चर्चा पाएको थियो । उनीहरूलाई पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समेत सामाजिक सञ्जालमार्फत् बधाई दिएका थिए ।

    hq720.webp

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    भर्खरै
    images
    images
    images
    साताको लोकप्रीय
    images
    थप समाचार

    ताजा अपडेट