मंगलवार, मंसिर १९ गते २०८०

२०८०, मंसिर १९गते

5th Dec 2023

images

अर्थमन्त्री महतको दावीः यो वर्ष अहिलेसम्मकै बढी विदेशी पर्यटक आउँछन्

अर्थमन्त्री महतको दावीः यो वर्ष अहिलेसम्मकै बढी विदेशी पर्यटक आउँछन्

‘अर्थतन्त्रका सूचक सकारात्मक छन्, नेपालमा लगानी बढ्दैछ’

सोमवार, मंसिर ४ २०८०
सोमवार, मंसिर ४ २०८०
  • अर्थमन्त्री महतको दावीः यो वर्ष अहिलेसम्मकै बढी विदेशी पर्यटक आउँछन्

    अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ मा अहिलेसम्मकै बढी विदेशी पर्यटकले नेपाल भ्रमण गर्ने दाबी गरेका छन् ।

    आज सोमबार कांग्रेस पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री महतले नेपालमा लगानी बढ्दै गइरहेको समेत दावी गरे । उनले नेपालमा अहिलेसम्मकै सबैभन्दा बढी विदेशी पर्यटक भित्रिने दाबी गरेका हुन् । अर्थतन्त्रका सूचकहरू सकारात्मक भइरहेकाले अर्थतन्त्र थप चलायमान बन्ने उनको भनाइ छ ।

    images
    images
    images

    उनले थपे, ‘लगानी बिस्तारै बढ्दैछ । अहिलेसम्मकै धेरै विदेशी पर्यटक भित्रिँदैछन्, त्यसले अर्थतन्त्र चलायमान बन्न मद्दत पुग्छ । आर्थिक गतिविधिहरू बिस्तारै बढ्दैछ । अर्थतन्त्रका सूचकहरू सकारात्मक देखिएका छन् । निश्चित ठाउँभन्दा बाहिर गएर लगानी गर्नेहरूलाई ऋण तिर्न गाह्रो भएको छ । अहिले त्यसलाई सहज गर्न लागिरहेका छौँ । सरकारी खर्च व्यवस्थित गरिरहेका छौँ ।’ अर्थमन्त्री महतले अर्थतन्त्र थप चलायमान बनाउन विज्ञहरूसँग सुझाव सल्लाह लिएर अघि बढ्ने बताए ।

    images

    images
    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    images
    थप समाचार