मंगलवार, मंसिर १९ गते २०८०

२०८०, मंसिर १९गते

5th Dec 2023

images

भूकम्प पीडितको अस्थायी आवासका लागि १ अर्ब ४१ करोड निकासा

भूकम्प पीडितको अस्थायी आवासका लागि १ अर्ब ४१ करोड निकासा

सोमवार, मंसिर ४ २०८०
सोमवार, मंसिर ४ २०८०
  • भूकम्प पीडितको अस्थायी आवासका लागि १ अर्ब ४१ करोड निकासा

     सरकारले भूकम्प प्रभावित पाँच जिल्लामा अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताको रकम निकासा गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पहिलो किस्ता बापतको एकमुष्ट १ अर्ब ४१ करोड रुपैयाँ निकासा भएकोे जानकारी दिएको हो । 

    सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुको नाममा उक्त रकम निकासा भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार भुकम्पको केन्द्रबिन्दु जाजरकोटमा ५० करोड रुपैयाँ निकासा भएको छ भने भूकम्पबाट प्रभावित अर्को जिल्ला (रुकुम-पश्चिम) मा पनि ५० करोड पठाइएको छ ।

    images
    images
    images

    बझाङ मा २५ करोड, बाजुरामा १४ करोड र सल्यानमा २ करोड रुपैयाँ निकासा भएको प्राधिकरणले जनाएको छ । सो रकम कार्यविधि अनुसार स्थानीय तहसँगको समन्वयमा लाभग्राही पहिचान गरी पालिका मार्फत नै रकम पठाउन समेत प्राधिकरणले आग्रह गरेको छ ।

    images

    press.webp

     

    images
    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    images
    थप समाचार