मंगलवार, मंसिर १९ गते २०८०

२०८०, मंसिर १९गते

5th Dec 2023

images

गमगढीको बीच बजारमा चोरी

गमगढीको बीच बजारमा चोरी

सोमवार, मंसिर ४ २०८०
सोमवार, मंसिर ४ २०८०
  • गमगढीको बीच बजारमा चोरी

    मुगु  सदरमुकाम गमगढी बजारमा रहेको कृष्ण चोकनजिक आइतबार राति एक किराना पसलमा चोरी भएको छ । बीच बजारमा रहेको लक्ष्मी थापा बुढाले सञ्चालन गरेको जेनिशा स्टोर एण्ड सप्लायर्समा चोरी भएको हो ।

    कालीकामालिका अस्थायी सुरक्षा प्रहरी पोष्टबाट करिब २ सय मिटर तल रहेको पसलको ढोकामा लगाएको ताला फोरेर अज्ञात समूहले चोरी गरेको प्रहरीले जनाएको छ । बिहान पसल खोल्न जाादा ताला फोरेको पाइएको पसल सञ्चालकले बताए । पसलको र्याकभित्र रहेको रुपैयाँ राख्र्ने घर्राबाट र खुत्रुकेमा दैनिकबचात गरी राखेको रुपैयाँसहित केही सामान चोरी भएको बुढाले बताइन् ।

    images
    images
    images

    प्रहरीका अनुसार २ लाख ५० हजारभन्दा बढी नगद, खुत्रुकेमा भएको नगद, मोबाइल सेट, पावर बैंक चोरी भएको छ ।  उक्त पसलमा भएको चोरीबारे अनुसन्धान थालिएको र संलग्न समूहको खोजी भइरकेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख वीरेन्द्र थापाले बताए । बजारका विभिन्न स्थानमा छायाँनाथ रारा नगरपालिकाले सिसी क्यामरा जडान गरेको भए पनि चोरका घटना रोकिएका छैनन् ।

    images

    images
    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    images
    थप समाचार