मंगलवार, मंसिर १९ गते २०८०

२०८०, मंसिर १९गते

5th Dec 2023

images

सेनिस पलासियोस भइन् मिस युनिभर्स, नेपाल अन्तिम २० मा समेटियो

सेनिस पलासियोस भइन् मिस युनिभर्स, नेपाल अन्तिम २० मा समेटियो

‘प्लस साइज मोडल’को रुपमा दीपिकाको अन्तर्राष्ट्रिय मिडियामा चर्चा

आइतवार, मंसिर ३ २०८०
आइतवार, मंसिर ३ २०८०
  • सेनिस पलासियोस भइन् मिस युनिभर्स, नेपाल अन्तिम २० मा समेटियो

    यस वर्षको ‘मिस युनिभर्स २०२३’ को उपाधि निकारागुआकी सेनिस पलासियोसले जितेकी छन् ।  एल–साल्भाडोरमा आयोजित फिनालेमा ९० भन्दा बढी मुलुकका सुन्दरीलाई पछि पार्दै २३ वर्षिया पलासियोसले ७२ औं मिस युनिभर्सको उपाधि चुमेकी हुन् ।

    दक्षिण अमेरिकी मुलुक निकारागुआका लागि मिस युनिभर्स टाइटल पहिलोपटक हो । त्यस्तै थाइल्याण्डकी एन्टोनिया पोर्सिल्ड फस्ट रनर–अप हुँदा अष्ट्रेलियाकी मोरया विल्सन सेकेण्ड रनरअप घोषित भइन् ।

    images
    images
    images

    नेपालको यात्रा भने अन्तिम २० मा पुगेर टुंगिएको छ । मुलुकको प्रतिनिधित्व गरेकी जेन दीपिका गारेटले ‘प्लस साइज मोडल’को रुपमा अन्तर्राष्ट्रिय मिडियामा चर्चा बटुलेपनि आफ्नै मुलुकको रेकर्ड भने तोड्न सकिनन् ।

    images

    दीपिका अन्तिम २० मा छनोट भएपनि अन्तिम १० मा पुग्न सकिनन् । सन् २०१८ मा मनिता देवकोटा अन्तिम १० मा छनोट भएकी थिइन् । तर, दीपिकाको जस्तो प्रसिद्धी सम्भवतः नेपाली ब्युटी पेजेन्टको इतिहासमा यसअघि कसैले पनि पाएका थिएनन् ।

    ‘प्लस साइज’ मोडलको रुपमा दीपिकाले सौन्दर्यको मापदण्डलाई तोडेको समाचार सीएनएनदेखि विश्व प्रतिष्ठित मिडियाका हेडलाइन बनेका थिए ।  

    images
    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    images
    थप समाचार