मंगलवार, मंसिर १९ गते २०८०

२०८०, मंसिर १९गते

5th Dec 2023

images

आफू सत्तामा जान नपाएपछि ज्ञानेन्द्र शाहीको प्रश्न: यही हो लोकतन्त्र?

आफू सत्तामा जान नपाएपछि ज्ञानेन्द्र शाहीको प्रश्न: यही हो लोकतन्त्र?

'रतन्धो लागेकाले मात्र यो व्यवस्थालाई गणतन्त्र भन्छ'

शनिवार, मंसिर २ २०८०
शनिवार, मंसिर २ २०८०
  • आफू सत्तामा जान नपाएपछि ज्ञानेन्द्र शाहीको प्रश्न: यही हो लोकतन्त्र?

    राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा सांसद ज्ञानेन्द्र बहादुर शाहीले आफ्नो पार्टी सत्तामा जान नपाएको आक्रोश पोख्दै अहिलेको व्यवस्था गणतन्त्र नभएको जिकिर गरेका छन् ।

    शनिबार ललितपुरमा राष्ट्रिय प्रजातन्त्र पार्टी महाँकाल गाउँपालिका कार्यसमितिद्धारा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले ११ प्रतिशत मात्रै जनमत ल्याएको पार्टीले सरकारको नेतृत्व गर्ने व्यवस्था गणतन्त्र हुनै नसक्ने तर्क गरे ।

    images
    images
    images

    उनले भने ‘कांग्रसले ८८ सिट भन्यो हामीले पनि १४ भन्यौ फुरुक्क पर्‍यौँ । नयाँ आएकाले २१/२० भने धुरिधाम भयो त्यहाँ अब सय प्रतिशत भोट भन्दा जम्मा ११ प्रतिशत भोट ल्याएका प्रचण्ड प्रधानमन्त्री ८९ प्रतिशत भोट ल्याएको हामी सबै बाहिर अनि यो देशमा यो लोकतन्त्र हो? यदि कसैले यसलाई लोकतन्त्र भन्छ भने फेरि भन्छु रतन्धो लागेको मानिसले मात्र यसलाई गणतन्त्र भन्छ ?

    images

    त्यस्तै प्रधानमन्त्री प्रचण्डले नै जेल जानु पर्ने त्रासले टिआरसी विधेयकलाई पूर्णता नदिएको उनको आरोप छ । ‘टिआरसी भन्ने एउटा विधेयक आयो विल्कुल नै गलत प्रचार गरियो । त्यसमा हिजो युद्धकालको बेला सेनाले पुलिसलाई मारेको माओवादीको सेनाले प्रहरीलाई मारेको अर्थात विद्रोही पक्षले सरकार पक्षका सेनालाई मारेको या  सरकार पक्षकाले विद्रोही सेनालाई मारेको भनेर झुटो प्रचार गरियो वास्तविकता त्यो होईन ।’

    आफै सांसदसमेत रहेका शाहीको यो अभिव्यक्तिसँगै 'उनी आफू सत्तामा जान नपाएकाले आक्रोश पोखेको र राजनीतिक व्यवस्थाबारे सामान्य ज्ञानसमेत नभएको' भन्दै उनको आलोचना भइरहेको छ। यद्यपी राष्ट्रिय प्रजातन्त्र पार्टी केही मन्त्रीसहित गत माघ ३ गते यही प्रचण्ड नेतृत्वको सरकारमा सहभागि समेत भएको थियो। 

    उनले भने ‘सरकार पक्षले पनि निर्दोश मारेको जस्तै मैना सुनारलाई मारेको त्यस्तै बादरमुडेमा प्रचण्ड जीको निर्देशनमा सर्वसाधरण जनतालाई बम हानी मारेको यी जघन्य अपराध हो जुन युद्धमा सम्बन्धी छैन् । त्यसलाई आजीवन कारगार गर्नुपर्ने व्यस्था छ त्यसलाई जनता मार्ने खुल्ला हिड्नुपर्छ भनेर प्रचण्ड जीले त्यो विधेयक ल्याएको हो ।’

    आफै सांसदसमेत रहेका शाहीको यो अभिव्यक्तिसँगै 'उनी आफू र आफ्नो पार्टी सत्तामा जान नपाएकाले आक्रोश पोखेको र राजनीतिक व्यवस्थाबारे सामान्य ज्ञानसमेत नभएको' भन्दै उनको आलोचना भइरहेको छ। यद्यपी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट केही मन्त्रीसहित गत माघ ३ गते यही प्रचण्ड नेतृत्वको सरकारमा सहभागि समेत भएको थियो। 

    शाहीले सरकारले जनताको पक्षमा काम गर्न नसकेको तर्क गरे । सरकारले नराम्रो काम गर्दासमेत सांसदहरुले केही बोल्न नसकेको उनको आरोप छ।

    images
    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    images
    थप समाचार