नेपाल समाजवादी पार्टीले जाजरकोट तथा रुकुमका भूकम्पपीडितका लागि १० लाख रुपैयाँ सहयोग गरेको छ ।
समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले जाजरकोट–रूकुम पश्चिम भूकम्पपीडितका लागि १० लाख रुपैयाँको चेक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई हस्तान्तरण गरेका छन् । भट्टराईले सामाजिक सञ्जालमार्फत भूकम्पपीडितलाई १० लाख रुपैयाँ सहयोग गरेको जानकारी दिएका हुन् ।
उनले प्रभावित क्षेत्रमा जनतालाई तत्काल राहत र अस्थायी आवासको व्यवस्था राज्यका सबै अंग र तह परिचालित गरी अझै छिटो र प्रभावकारी रूपमा गर्न आग्रह समेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्