मंगलवार, मंसिर १९ गते २०८०

२०८०, मंसिर १९गते

5th Dec 2023

images

इन्जिनियरिङका १२ कार्यक्रम: प्रवेश परीक्षा दिँदै १० हजार विद्यार्थी

इन्जिनियरिङका १२ कार्यक्रम: प्रवेश परीक्षा दिँदै १० हजार विद्यार्थी

बिहिवार, कार्तिक १६ २०८०
बिहिवार, कार्तिक १६ २०८०
  • इन्जिनियरिङका १२ कार्यक्रम: प्रवेश परीक्षा दिँदै १० हजार विद्यार्थी

    इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)अन्तर्गत बीईका १२ कार्यक्रमका निम्ति १० हजार विद्यार्थीले प्रवेश परीक्षा दिँदै छन् । यही कात्तिक १४ गतेदेखि सुरु परीक्षा आईओई पुल्चोक र पश्चिमाञ्चल क्याम्पस पोखरामा भइरहेको छ ।

    विद्यार्थीको चापलाई मध्यनजर गर्दै चार सिफ्टमा परीक्षा भइरहेको आईओईका सहायक डिन सुशील बज्राचार्यले जानकारी दिए । त्रिविअन्तर्गतका १५ इन्जिनियरिङ क्याम्पसमा चार हजार ४४ विद्यार्थी पढ्न पाउनेछन् । त्रिविको तालिकाअनुसार भदौमा हुनुपर्ने प्रवेश परीक्षा आईओईले सिभिल र आर्किटेक्चर इन्जिनियरिङको अध्ययन शुल्क वृद्धि गरेको विरोधमा दुई महिना पछि धकेलिएको थियो । यही शैक्षिकसत्रदेखि चारवर्षे बीई र बी आर्क अध्ययनको पूर्ण शुल्क सात लाख ७७ हजार ४२० रुपैयाँ पुर्‍याउने आईओईको निर्णय थियो ।

    images
    images
    images

     शुल्क यसअघि तीन लाख १८ हजार रुपैयाँ थियो । विद्यार्थी संगठनको लामो आन्दोलनपछि आईओईले यी दुई विषयमा चारवर्षे स्नातकको पूर्ण शुल्क चार लाख ९० हजार रुपैयाँ तोकेको छ । यो शुल्कमा सरोकारवाला सबैको सहमति भएपछि प्रवेश परीक्षा लिइएको हो । परीक्षा कात्तिक २० गतेसम्म चल्नेछ ।

    images

    images
    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    images
    थप समाचार