शुक्रवार, फाल्गुण १८ गते २०८०

२०८०, फाल्गुण १८गते

1st Mar 2024

    शुक्रवार, फाल्गुण १८ २०८०
images
images

कोइलाको अभावमा हेटौँडा सिमेन्टको उत्पादन बन्द

कोइलाको अभावमा हेटौँडा सिमेन्टको उत्पादन बन्द

सोमवार, कार्तिक १३ २०८०
सोमवार, कार्तिक १३ २०८०
  • कोइलाको अभावमा हेटौँडा सिमेन्टको उत्पादन बन्द

    हेटौँडा सिमेन्ट उद्योगले समयमा कोइला खरिद गर्न नसक्दा आजदेखि उत्पादन बन्द गरेको छ । सो उद्योगमा मासिक तीन हजार ६ सय मेट्रिक टन कोइला खपत हुने गर्दछ । 

    उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले बडादसैँको बिदा हुनु अघिसम्म सो उद्योग सञ्चालनमा रहेको र त्यस अवधिमा तीन लाख बोरा सिमेन्ट उत्पादन भएको जानकारी दिए। उनले आर्थिक सङ्कटका कारण बाह्य मुलुकबाट कोइला खरिद गर्न नसकिएकाले सिमेन्ट उत्पादन बन्द गरिएको बताए । उनले आर्थिक सङ्कटबारे सङ्घीय सरकारका उद्योग तथा आपूर्तिमन्त्री र सचिवलाई जानकारी गराइएको र केही आर्थिक अनुदान उपलब्ध भएमा उद्योगलाई पुनः सञ्चालनमा ल्याइने बताए ।

    कूल तीन लाख बोरा सिमेन्ट काठमाडौँलगायतका विभिन्न सहरमा बिक्री वितरणको तयारी गरिएको र यसको आम्दानी कोइला खरिद लगाइने उद्योगले जनाएको छ । चार दशक पुरानो उद्योगका मेसिन जीर्ण हुँदै गएकाले उत्पादन गर्न कठिनाइ भएको र उत्पादित सिमेन्ट सबै सहरमा बिक्री वितरण गर्न समस्या भएको जनाइएको छ । कोइला खरिद गरी ल्याइएपछि मात्रै उद्योग पुनः सञ्चालनमा ल्याउन सकिने भएको उनको भनाइ छ । 

    images

    विसं २०३३ मा लामसुरेमा स्थापित सो उद्योगले विसं २०४३ साल मङ्सिर २६ गतेबाट व्यावसायिकरुपमा उत्पादन सुरुआत गरेको थियो ।  सो उद्योगमा करिब तीन सय ९० कर्मचारी कार्यरत रहेका  छन् ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    भर्खरै
    images
    images
    images
    साताको लोकप्रीय
    images
    थप समाचार

    ताजा अपडेट