बिहिवार, फाल्गुण १७ गते २०८०

२०८०, फाल्गुण १७गते

29th Feb 2024

    बिहिवार, फाल्गुण १७ २०८०
images
images

गहुँ आयातसँगै उद्योगहरू पुनः सञ्चालनमा

गहुँ आयातसँगै उद्योगहरू पुनः सञ्चालनमा

सोमवार, कार्तिक ६ २०८०
सोमवार, कार्तिक ६ २०८०
  • गहुँ आयातसँगै उद्योगहरू पुनः सञ्चालनमा

    पूर्वी क्षेत्रमा गहुँ आयातसँगै उद्योगहरू पुनः सञ्चालनमा आएका छन् । गहुँ अभावमा उद्योगहरू बन्द हुने अवस्थामा पुगेका बेला आयात थालिएको हो । नेपाल सरकारको आग्रहमा भारतले करिब तीन लाख मेट्रिकटन गहुँ आयातको कोटा दिएपछि मैदा उद्योगहरू सञ्चालन हुन थालेका हुन् । 

    यो वर्ष पर्याप्त उत्पादन नभएको र ट्रेडरहरूले सञ्चित गरेकाले गहुँको अभाव हुन थालेको थियो । पछिल्लो समय विगत तीन महिनादेखि गहुँ आयात गरिँदै छ । अहिलेसम्म करिब एक लाख मेट्रिकटन गहुँ आयात गरिएको नेपाल फ्लोर मिल एसोसिएसनका केन्द्रीय सचिव विकास बेगवानीले जानकारी दिए । गहुँ आयातपछि अहिले ४४ रुपैयाँ प्रतिकिलोमा स्थिर छ । गत वर्ष यसै समयमा गहुँको मूल्य ६४ रुपैयाँ प्रतिकिलोसम्म पुगेको थियो । गहुँको सञ्चिति गर्ने प्रवृत्ति बढेपछि ४२ रुपैयाँ प्रतिकिलोबाट मूल्य बढेर ४७ रुपैयाँ प्रतिकिलोसम्म पुगेको थियो ।

    नेपालमा वार्षिक करिब नौ लाख मेट्रिकटन गहुँ आवश्यक पर्छ । मैदा उद्योगीले तीन लाख मेट्रिकटन गहुँ आयातको कोटा माग आग्रह गर्दै आएका थिए ।

    images

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    भर्खरै
    images
    images
    images
    साताको लोकप्रीय
    images
    थप समाचार

    ताजा अपडेट