मंगलवार, मंसिर १९ गते २०८०

२०८०, मंसिर १९गते

5th Dec 2023

images

खानेपानीमा दिशामा पाइने किटाणु भेटियो

खानेपानीमा दिशामा पाइने किटाणु भेटियो

बिहिवार, आश्विन ११ २०८०
बिहिवार, आश्विन ११ २०८०
  • खानेपानीमा दिशामा पाइने किटाणु भेटियो

    डोटीको जिल्ला सदरमुकाम सिलगढीका उपभोक्ताले प्रयोग गर्ने खानेपानीको मुहानदेखि उपभोक्ताले थापेको पानीको गाग्रीसम्मै दिशामा पाइने किटाणु भेटिएको छ ।

    जिल्ला स्वास्थ्य कार्यालय डोटीले गरेको परीक्षणमा सिलगढीमा आउने पानीको मुहानदेखि उपभोक्ताको घरको गाग्रीसम्मका सात वटा नमुना संकलनगरी परीक्षण गर्दा सबैमा दिशामा पाइने टिकाणु भेटिएको स्वास्थ्य कार्यालय डोटीका ल्याव टेक्नीसियन निरीक्षक शुसिलराज जोशीले जानकारी दिए ।

    images
    images
    images

    उनका अनुसार सिलगढीमा आउने पानीमा अत्यधिक धमिलो हुनुका साथै दिशामा पाइने किटाणु भेटिएको छ, सावधानी अपनाउन जरुरी छ । स्वास्थ्य कार्यालयका अनुसार सिलगढीमा आउने पानीको मुहान मछेन्तोलामा ३, खानेपानी ट्यांकी सिलगढीमा ३, धारामा २ र गाग्रीमा १ कोलिफम देखिएको पानीमा धमिलोपन मछेन्तोलामा ३५, ट्यांकीमा २०, धारामा १५ र गाग्रीमा १३ देखिएको छ ।

    images

    जनावर वा मान्छे कसको दिशा हो भन्ने पहिचान नभएको तर दिशामा पाइने किटाणु भेटिएको स्वास्थ्य कार्यालयका ल्याब असिष्टेन्ट निर्मल ओझाले बताए । उनले भने, ‘दिशा के को हो हामीले छुट्टाउन सक्दैनौँ तर पानीमा दिशामा पाइने किटाणु भेटिएको छ, हामी नगरपालिकालाई रिपोर्ट पठाउछौँ ।’ सिलगढीमा आउने पानीमा कोलिफम देखिएको खानेपानी उपभोक्ता समितिका कार्यालय प्रमुख रामचन्द्र धामीले बताए।

    उनले भने, ‘पानीमा कोलिफमको मात्रा बढ्ने बित्तिकै हामीले क्लोरिन हाल्ने गरेको छौँ, किटाणु मान्छे दिशामा पाइने नभइ बस्तुभाउ र जंगली जनावरको पनि हुन सक्छ ।’ उक्त पानीमा कोलीफम भेटिएका कारण नउमालेर वा निर्मलीकरण नगरि सिधै प्रयोग गर्दा झाडापखाला, हैजा तथा विभिन्न प्रकारका पानी जन्य रोगहरुको सङ्क्रमण हुने खतरा रहेको स्वास्थ्य कार्यालय डोटीका ल्याव टेक्नीसियन निरीक्षक जोशीले बताए ।

    पानी उमालेर वा क्लोरिन हालेको पानी मात्रै प्रयोग गर्न उनले सुझाब दिए ।

    images
    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    images
    थप समाचार