मंगलवार, मंसिर १९ गते २०८०

२०८०, मंसिर १९गते

5th Dec 2023

images

लोसपाको केन्द्रीय समिति पुनर्गठन: उपाध्यक्ष १५, महासचिव १६ र पदाधिकारी ६३ जना (सूची)

लोसपाको केन्द्रीय समिति पुनर्गठन: उपाध्यक्ष १५, महासचिव १६ र पदाधिकारी ६३ जना (सूची)

सोमवार, आश्विन ८ २०८०
सोमवार, आश्विन ८ २०८०
  • लोसपाको केन्द्रीय समिति पुनर्गठन: उपाध्यक्ष १५, महासचिव १६ र पदाधिकारी ६३ जना (सूची)
    महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को केन्द्रीय समिति पुनर्गठन गरिएको छ । २०७९ मंसिरको चुनावमा राष्ट्रिय दलको हैसियत समेत गुमाएको लोसपाको संगठन तीन ठूला नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको भन्दा ठूलो बनाएको हो । तत्कालीन अवस्थमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीमा विवाद भएपछि खोलिएको नयाँ पार्टीले सोमबार गरेको संगठन विस्तारको निर्णयका क्रममा केन्द्रीय पदाधिकारी नै ६३ जनालाई बनाइएको छ । गत प्रतिनिधिसभाको निर्वाचनमा केबल चार सिट जितेको लोसपाले अजंगको संगठन बनाउने क्रममा केन्द्रीय समितिमै ३११ जनालाई ल्याइउको छ । लोसपाले उपाध्यक्षको संख्या नै १५ जना कायम गरेको छ । उता महासचिवको संख्या १६ छ । लोसपाले वरिष्ठ नेता नै तीन जनालाई बनाएको छ । लोसपाको अध्यक्षमा महन्थ ठाकुर यथावत छन् । लोसपाले राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिलकुमार झालाई वरिष्ठ नेता बनाएको छ । उता सर्वेन्द्रनाथ शुक्लालाई वरिष्ठ सह–अध्यक्षको जिम्मेवारी दिइएको छ । लोसपामा जितेन्द्रप्रसाद सोनार (सोनल), उमाकान्त झा, लक्ष्मणलाल कर्ण, अकवाल अहमद शाह, निर्जला राउत र प्रदीपनारायण यादव वरिष्ठ उपाध्यक्ष भएका छन् । लोसपाले वरिष्ठ उपाध्यक्ष ६ जनालई बनाएको छ भने ८ जनालाई सह–महासचिव तोकेको छ । लोसपामा सचिव नै ११ जना बनेका छन् । कोषाध्यक्ष, सहकोषाध्यक्ष र प्रवक्ता मात्रै १–१ जना तोकिएको छ । पार्टी निर्णयअनुसार महासचिवमा अभिराम शर्मा, केशवकुमार झा, डा सुरेन्द्रकुमार झा, परमेश्वर साह, कवीन्द्रनाथ ठाकुर, रामप्रवेश बैठा, हरिप्रसाद मण्डल, मुकेश झा, ज्ञानेन्द्र कुमार झा, देवेन्द्र यादव, विनोद सिंह, अभय सिंह, जयनुल राइन, अनिल महासेठ उपेन्द्र महतो र अमर यादव बनेका छन् । लोसपाले कविन्द्रनाथ ठाकुरलाई महासचिव र कोषाध्यक्षको जिम्मेवारी दिएको छ । त्यस्तै निर्जला राउतलाई वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष बनाइएको छ । लोसपाले डा. आभास लाभलाई प्रवक्ताको भूमिका दिएको छ । लोसपामा शीर्ष नेताहरुले पदाधिकारीमा आफ्नै परिवार र नातागोताहरुलाई भागवण्डा लगाएका छन् । सोमबार पुनगर्ठित केन्द्रीय समितिको वरिष्ठ उपाध्यक्षमा अध्यक्ष महन्थ ठाकुरका सम्धि उमाकान्त झा र उपाध्यक्षमा सम्धिनी इन्द्र झा मनोनीत भएका छन् । ठाकुरले एकमात्र छोरी मिनाक्षीलाई सदस्य बनाएका छन् । अध्यक्ष ठाकुरले परिवारका सबै सदस्य समेटेपछि बरिष्ठ नेता राजेन्द्र महतोले पनि ज्वाइ अनिल महासेठलाई महासचिव बनाएका छन् भने अर्का वरिष्ठ नेता सरदसिंह भण्डारीले छोरी सृष्टिलाई सचिव बनाएका छन् । भण्डारीले निर्जला राउतलाई वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष दुवै पद दिलाएका छन् । राउत र भण्डारी सँगै बस्ने गर्छन् । हेर्नुस् सूची

    images
    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    images
    थप समाचार