आज संविधान दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् ।
आज बिहान टुँडिखेलमा आयोजना हुने संविधान दिवससम्बन्धी कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनेछन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेका थिए । संविधान निर्माण भएर कार्यान्वयनमा आएको आठ वर्ष पूरा भएको छ ।
नयाँ संविधान लागू भएको घोषणासँगै नेपालको अन्तरिम संविधान २०६३ खारेज भएको थियो । संविधान जारी हुँदा संविधानसभाको अध्यक्षका रूपमा स्वर्गीय सुवासचन्द्र नेम्वाङ थिए ।
सङ्घीयता, धर्म निरपेक्षता, समाजवादोन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालगायतका नयाँ व्यवस्था राखिएको यो संविधान जारी हुँदा संविधानसभाको प्रक्रियामा सहभागी दलका पाँच सय ३७ जना सभासदले हस्ताक्षर गरेकाको थिए । ‘नेपालको संविधान, २०७२’ मा ३५ भाग ३०८ धारा र ९ अनुसूची रहेका छन् ।
-
लोसपाको केन्द्रीय समिति पुनर्गठन: उपाध्यक्ष १५, महासचिव १६ र पदाधिकारी ६३ जना (सूची)
महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को केन्द्रीय समिति पुनर्गठन गरिएको छ ।...
२ घण्टा अगाडी ३ मिनेट पाठ -
पूर्वमन्त्री रामकुमार श्रेष्ठ भ्रष्टाचारी ठहर
अकुत सम्पत्ति आर्जन मुद्दामा पूर्वमन्त्री रामकुमार श्रेष्ठ दोषी ठहर भएका छन् । विशेष अदालतले...
२ घण्टा अगाडी १ मिनेट पाठ -
फार्मेसी अनुगमन निरन्तर हुन्छ: स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले फार्मेसी क्षेत्रको सुधारका लागि अनुगमन र कारबाहीलाई निरन्तरता दिएको...
४ घण्टा अगाडी २ मिनेट पाठ -
सुन तस्करी प्रकरणमा उच्चस्तरीय आयोगले दोषीमाथि कारबाही गर्न पाउनुपर्छ: केपी ओली
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विमानस्थलबाट बाहिरिने क्रममा बरामद भएको...
४ घण्टा अगाडी २ मिनेट पाठ -
कोसीमा प्रदेश: दुई मन्त्री र राज्यमन्त्रीले लिए शपथ
कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सोमबार दुई मन्त्री...
४ घण्टा अगाडी १ मिनेट पाठ