सुवास नेम्वाङलाई संविधान जारी नगर्न दबाब थियो: केपी ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान जारी नगर्न तत्कालीन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई दबाब दिइएको बताएका छन् । आज पार्टी कार्यालय च्यासलमा आयोजित ‘सुवास र संविधान’ विषयक कार्यक्रममा उनले संविधान जारी नगर्न नेम्वाङ, तत्कालीन राष्ट्रपति रामवरण यादवलाई दबाब दिइएको सुनाए ।
“सुवास नेम्वाङजीलाई संविधान जारी नगर्नका लागि दबाब दिइएको थियो । तत्कालीन राष्ट्रपतिलाई संविधान जारी गर्न नआउनका लागि । केही अगाडि संविधान जारी गर्न आउँदिन भनेर भन्नुभयो,” ओलीले भने, “त्यस्तो अवस्थामा सुवास नेम्वाङजीले संविधान जारी गराउनुभयो ।” ओलीले संसद्को बलियो अठोटका कारण सबैतिरको दबाब शान्त भएको बताए ।
“संसद्ले जारी गर्ने नै अठोट गरिसकेपछि, यो नहल्लिने अठोट हो भनेपछि सबैतिरका प्रेसर शान्त भए । र, काम अघि बढ्यो,” उनले भने । सभामुखको हैसियतले नेम्वाङको प्रयास सकारात्मक रहेको भन्दै उनले धन्यवाद दिए ।
-
लोसपाको केन्द्रीय समिति पुनर्गठन: उपाध्यक्ष १५, महासचिव १६ र पदाधिकारी ६३ जना (सूची)
महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को केन्द्रीय समिति पुनर्गठन गरिएको छ ।...
४ घण्टा अगाडी ३ मिनेट पाठ -
पूर्वमन्त्री रामकुमार श्रेष्ठ भ्रष्टाचारी ठहर
अकुत सम्पत्ति आर्जन मुद्दामा पूर्वमन्त्री रामकुमार श्रेष्ठ दोषी ठहर भएका छन् । विशेष अदालतले...
४ घण्टा अगाडी १ मिनेट पाठ -
फार्मेसी अनुगमन निरन्तर हुन्छ: स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले फार्मेसी क्षेत्रको सुधारका लागि अनुगमन र कारबाहीलाई निरन्तरता दिएको...
५ घण्टा अगाडी २ मिनेट पाठ -
सुन तस्करी प्रकरणमा उच्चस्तरीय आयोगले दोषीमाथि कारबाही गर्न पाउनुपर्छ: केपी ओली
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विमानस्थलबाट बाहिरिने क्रममा बरामद भएको...
५ घण्टा अगाडी २ मिनेट पाठ -
कोसीमा प्रदेश: दुई मन्त्री र राज्यमन्त्रीले लिए शपथ
कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सोमबार दुई मन्त्री...
५ घण्टा अगाडी १ मिनेट पाठ