शिक्षकलाई वार्तामा आउन शिक्षामन्त्रीको आह्वान

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले आन्दोलनरत शिक्षकको माग सम्बोधन गर्न सरकारले प्रयत्न गरिरहेको बताएका छन् । मंगलबार राष्ट्रिय शिक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा शिक्षामन्त्री राईले शिक्षक महासंघलाई वार्तामा आउन आह्वान गर्दै वार्तामार्फत गुनासो समेट्ने प्रयत्न गरिने बताएका हुन् ।
शिक्षकहरूको मागका सन्दर्भमा समस्याको निकास खोजिने बताए । उनले ऐन कानुनबिना लोकतन्त्रको अभ्यास नहुने भन्दै संविधानको कार्यान्वयनका लागि शिक्षा ऐन पारित हुनुपर्ने बताए । राईले संसद्ले छलफल नै गर्न नपाई संसद्मा दर्ता मात्रै भएको आधारमा केही सरोकारवाला निकायहरूले आपत्ति जनाएको बताए । संविधान जारी भएको आठ वर्षसम्म पनि विद्यालय शिक्षा ऐन बन्न नसकेको भन्दै ढिलै भएपनि शिक्षा विधेयक संसद्मा प्रवेश गरेको उनको भनाइ थियो ।
उनले भने, ूआठ वर्षसम्म हामीले विद्यालय शिक्षा ऐन बन्न सकेन । कारणहरू म केलाउन चाहन्न । जुनसुकै कारणले आठ वर्ष ढिलो भएपनि ड्राफ्ट भएको २०७५ सालमा पाँच वर्षपछि विद्यालय शिक्षा ऐन विधेयकको रूपमा संसद्मा प्रवेश पाउने अवस्थामा पुग्यो । तर, संसद्ले छलफल नै गर्न नपाई, संसद्मा औपचारिक रूपमा टेबल हुननै नपाएर दर्ता मात्रै भएको आधारमा केही सरोकारवाला निकायहरू खास गरेर शिक्षक महासंघको तर्फबाट गुनासोहरू आएको छ । गुनासो समेट्ने प्रयत्न गरिरहेका छौँ ।ू
-
लोसपाको केन्द्रीय समिति पुनर्गठन: उपाध्यक्ष १५, महासचिव १६ र पदाधिकारी ६३ जना (सूची)
महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को केन्द्रीय समिति पुनर्गठन गरिएको छ ।...
३ घण्टा अगाडी ३ मिनेट पाठ -
पूर्वमन्त्री रामकुमार श्रेष्ठ भ्रष्टाचारी ठहर
अकुत सम्पत्ति आर्जन मुद्दामा पूर्वमन्त्री रामकुमार श्रेष्ठ दोषी ठहर भएका छन् । विशेष अदालतले...
३ घण्टा अगाडी १ मिनेट पाठ -
फार्मेसी अनुगमन निरन्तर हुन्छ: स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले फार्मेसी क्षेत्रको सुधारका लागि अनुगमन र कारबाहीलाई निरन्तरता दिएको...
४ घण्टा अगाडी २ मिनेट पाठ -
सुन तस्करी प्रकरणमा उच्चस्तरीय आयोगले दोषीमाथि कारबाही गर्न पाउनुपर्छ: केपी ओली
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विमानस्थलबाट बाहिरिने क्रममा बरामद भएको...
४ घण्टा अगाडी २ मिनेट पाठ -
कोसीमा प्रदेश: दुई मन्त्री र राज्यमन्त्रीले लिए शपथ
कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सोमबार दुई मन्त्री...
५ घण्टा अगाडी १ मिनेट पाठ