प्रादेशिक संरचना सुदृढ भए संघीयता बलियो हुन्छ: मुख्यमन्त्री जमकट्टेल

बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमकट्टेलले प्रादेशिक संरचना सुदृढ नभएसम्म संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था बलियो हुन नसक्ने बताएका छन् ।
संविधान दिवस २०८० को अवसरमा आज बिहान हेटौँडा-६ स्थित चित्रेपानी सामुदायिक वन वृक्षरोपण गर्दै मुख्यमन्त्री जमकट्टेलले प्रादेशिक संरचनालाई जति छिटो सुदृढ र संस्थागत गर्न सकिन्छ त्यति छिटो संविधानको मर्म बमोजिम समाजवादको लक्ष्यमा पुग्न सकिने बताए । उनले स्थानीय तहको संरचना पुरानो भए पनि प्रादेशिक संरचना नयाँ भएको यही संघीयताको खम्बा रहेको बताए। मुख्यमन्त्री जमकट्टेलले संविधानसभाबाट बनेको संविधान जनताकै रक्षाका लागि भएको भन्दै संविधानको मर्मअनुसार प्रदेश सरकार काम गरिरहेको बताए ।
संविधानले प्रदेशलाई दिएका एकल अधिकारका विषयमा धेरैजसो कानुन निर्माण भए पनि सङ्घ र प्रदेश, प्रदेश र स्थानीय तह, सङ्घ, प्रदेश र स्थानीय तहका साझा अधिकारको सूचीमा रहेका कतिपय कानुन निर्माण हुन बाँकी रहेको उनको भनाइ छ । उनले संघीय कानुन बन्न ढिलाइ हुँदा ती विषयले मूर्तरुप लिन नसकिरहेको धारणा राखे । उनले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई संस्थागत गर्ने राजनीतिक दस्तावेजका रुपमा रहेको संविधान कार्यान्वयनका लागि तीन वटै तहका सरकार क्रियाशील हुनुपर्नेमा जोड दिए। नेपाललाई संघीय संरचनामा लैजाने संघीयताको मुटुका रुपमा रहेका प्रदेशहरू संविधानले दिएका अधिकार बमोजिम कानुन निर्माण गरी कार्यान्वयनसमेत गरिरहेको उनको भनाइ छ ।
बागमती प्रदेश सरकारले आजदेखि तीन दिनसम्म संविधान दिवस मनाउँदै छ । असोज ३ गते संविधान दिवसलाई भव्यरूपमा मनाउन सोमबारदेखिनै विभिन्न कार्यक्रम भइरहेका छन् । जिल्ला वन कार्यालय मकवानपुरद्वारा आयोजित वृक्षरोपण कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तान, जिल्ला वन कार्यालय मकवानपुरका प्रमख शिव सापकोटा, हेटौँडा-६ का वडा अध्यक्ष विष्णुबहादुर दाहाल, प्रदेशसभा सदस्य एकलाल श्रेष्ठलगायतले संविधान दिवसका बारेमा चर्चा गर्दै वृक्षरोपण गरेर गाँउ र सहर हराभरा बनाउने अभियानमा लाग्नुपर्नेमा जोड दिए ।
संविधान दिवसका अवसरमा आज बिहानै हेटौँडामा पाँच किमी दौड प्रतियोगिता सम्पन्न भएको छ । खेलको उद्घाटन गर्दै मुख्यमन्त्री जमकट्टेलले स्वास्थ्यका लागि खेलकुद महत्वपूर्ण रहेकोमा जोड दिए । सो अवसरमा प्रतियोगितामा सहभागी खेलाडीलाई उनले शुभकामना दिएका थिए।
-
लोसपाको केन्द्रीय समिति पुनर्गठन: उपाध्यक्ष १५, महासचिव १६ र पदाधिकारी ६३ जना (सूची)
महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को केन्द्रीय समिति पुनर्गठन गरिएको छ ।...
३ घण्टा अगाडी ३ मिनेट पाठ -
पूर्वमन्त्री रामकुमार श्रेष्ठ भ्रष्टाचारी ठहर
अकुत सम्पत्ति आर्जन मुद्दामा पूर्वमन्त्री रामकुमार श्रेष्ठ दोषी ठहर भएका छन् । विशेष अदालतले...
३ घण्टा अगाडी १ मिनेट पाठ -
फार्मेसी अनुगमन निरन्तर हुन्छ: स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले फार्मेसी क्षेत्रको सुधारका लागि अनुगमन र कारबाहीलाई निरन्तरता दिएको...
४ घण्टा अगाडी २ मिनेट पाठ -
सुन तस्करी प्रकरणमा उच्चस्तरीय आयोगले दोषीमाथि कारबाही गर्न पाउनुपर्छ: केपी ओली
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विमानस्थलबाट बाहिरिने क्रममा बरामद भएको...
४ घण्टा अगाडी २ मिनेट पाठ -
कोसीमा प्रदेश: दुई मन्त्री र राज्यमन्त्रीले लिए शपथ
कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सोमबार दुई मन्त्री...
४ घण्टा अगाडी १ मिनेट पाठ