एमसीसीको विरोध गर्दैमा ठूलो हुने भए जनमोर्चाले सय सीट ल्याउँथ्यो: माधव नेपाल

सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना (एमसीसी) को विरोध गर्दैमा ठूलो हुने भए राष्ट्रिय जनमोर्चाले सय सीट ल्याउने टिप्पणी गरेका छन् ।
आज (सोमबार) पाार्टी निकट नेवाः संघको कार्यक्रमलाई सम्बोधन गर्दै एमसीसीको विरोधमा उभ्याएर सरकारबाट फाल्ने षडयन्त्र १२ बुँदे व्याख्यात्मक घोषणामार्फत असफल पारेको दावी गरे । पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले भने, ‘हाम्रो पार्टीको पहलकदमीमा एमसीसीमा व्याख्यात्मक टिप्पणी ल्याएर हाम्रो देशको स्वाभिमानको रक्षा गरेका छौँ । केही केही मान्छेहरूको गीत नै एमसीसी हामीले अस्वीकार गर्नु पर्दथ्यो भन्ने छ ।’
अध्यक्ष नेपालले एमसीसीको विरोध गर्नु अरू केही नभए गठबन्धनलाई सरकारबाट फाल्ने षडयन्त्र भएको बताए । उनले भने, ‘एमसीसीको विरोध केही नभएर हामीलाई सरकारबाट फाल्दिने, पार्टीलाई कमजोर बनाउने, अमेरिकनहरूको स्वार्थको रक्षा हुने विदेशीहरूको हालीमुहाली चल्दाखेरि तमासा मात्रै हेरेर बस्ने अनि जनताले वाहवाह भनेर साथ दिने थिए भन्नु हवाई कल्पना बाहेक केही होइन ।’
-
लोसपाको केन्द्रीय समिति पुनर्गठन: उपाध्यक्ष १५, महासचिव १६ र पदाधिकारी ६३ जना (सूची)
महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को केन्द्रीय समिति पुनर्गठन गरिएको छ ।...
२ घण्टा अगाडी ३ मिनेट पाठ -
पूर्वमन्त्री रामकुमार श्रेष्ठ भ्रष्टाचारी ठहर
अकुत सम्पत्ति आर्जन मुद्दामा पूर्वमन्त्री रामकुमार श्रेष्ठ दोषी ठहर भएका छन् । विशेष अदालतले...
२ घण्टा अगाडी १ मिनेट पाठ -
फार्मेसी अनुगमन निरन्तर हुन्छ: स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले फार्मेसी क्षेत्रको सुधारका लागि अनुगमन र कारबाहीलाई निरन्तरता दिएको...
३ घण्टा अगाडी २ मिनेट पाठ -
सुन तस्करी प्रकरणमा उच्चस्तरीय आयोगले दोषीमाथि कारबाही गर्न पाउनुपर्छ: केपी ओली
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विमानस्थलबाट बाहिरिने क्रममा बरामद भएको...
४ घण्टा अगाडी २ मिनेट पाठ -
कोसीमा प्रदेश: दुई मन्त्री र राज्यमन्त्रीले लिए शपथ
कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सोमबार दुई मन्त्री...
४ घण्टा अगाडी १ मिनेट पाठ