न्युयोर्कमा चिनियाँ उपराष्ट्रपतिसँग भेट्दै प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका उपराष्ट्रपति हान झेङबीच द्विपक्षीय भेटवार्ता हुने भएको छ । संयुक्त राष्ट्रसंघको ७८औँ महासभाको ‘साइडलाइन’का क्रममा अमेरिकाको न्युयोर्कमा भेटवार्ता हुने तय भएको हो ।
महासभामा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड शनिबार साँझ त्यसतर्फ प्रस्थान गरेका थिए । आइतबार उनी न्युयोर्क पुगिसकेका छन् । न्युयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली स्थायी नियोग स्रोतका अनुसार आज (सोमबार) प्रधानमन्त्री प्रचण्ड र चिनियाँ उपराष्ट्रपति हानबीच भेटवार्ता हुँदै छ । असोज ६ गतेदेखि सुरु हुने प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका एजेन्डामा भेटवार्ता केन्द्रित हुने स्रोतले बतायो ।
राष्ट्रसंघको महासभामा योपटक चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व उपराष्ट्रपति हानले गरेका छन् । उनी महासभामा सहभागी हुन न्युयोर्क पुगिसकेका छन् । प्रधानमन्त्री प्रचण्डले यही असोज ४ गते राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने कार्यक्रम छ । असोज ५ गते उनी न्युयोर्कबाट सिधै चीनतर्फ लाग्नेछन् । गएको शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकबाट प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गरिएको थियो ।
चीनको औपचारिक भ्रमणका लागि उनी सुरुमा हाङजाउ जाने कार्यक्रम छ । हाङजाउमा नै चिनियाँ राष्ट्रपति सी चिनफिङसँग प्रधानमन्त्री प्रचण्डले भेटवार्ता गर्ने कार्यक्रम तय छ । सोही दिन उनी १९औँ एसियन गेमको उद्घाटन समारोहमा सहभागी हुनेछन् । असोज ८ गते उनले बेइजिङमा चिनियाँ प्रधानमन्त्री ली छियाङ्सँग भेटघाट तथा द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । भ्रमणका बेला उनले कृषि तथा प्रविधिको क्षेत्रमा छोटो समयमै उच्च सफलता हासिल गरेको चीनको छोङछिङ महानगरपालिकास्थित छोङछिङ एकेडमी अफ एग्रिकल्चरल साइन्सलगायत विज्ञान तथा प्रविधि विकासका क्षेत्रको अवलोकन गर्नेछन् ।
छोङछिङको भ्रमणपश्चात् नेपालसँग सिमाना जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जाने र त्यहाँका उच्चपदस्थ अधिकारीहरूसँग भेटवार्ता गर्नेछन् । त्यसपछि उनी स्वदेश फर्कनेछन् । प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण असोज ६ देखि १३ गतेसम्म हुने तय छ ।
-
लोसपाको केन्द्रीय समिति पुनर्गठन: उपाध्यक्ष १५, महासचिव १६ र पदाधिकारी ६३ जना (सूची)
महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को केन्द्रीय समिति पुनर्गठन गरिएको छ ।...
३ घण्टा अगाडी ३ मिनेट पाठ -
पूर्वमन्त्री रामकुमार श्रेष्ठ भ्रष्टाचारी ठहर
अकुत सम्पत्ति आर्जन मुद्दामा पूर्वमन्त्री रामकुमार श्रेष्ठ दोषी ठहर भएका छन् । विशेष अदालतले...
३ घण्टा अगाडी १ मिनेट पाठ -
फार्मेसी अनुगमन निरन्तर हुन्छ: स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले फार्मेसी क्षेत्रको सुधारका लागि अनुगमन र कारबाहीलाई निरन्तरता दिएको...
४ घण्टा अगाडी २ मिनेट पाठ -
सुन तस्करी प्रकरणमा उच्चस्तरीय आयोगले दोषीमाथि कारबाही गर्न पाउनुपर्छ: केपी ओली
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विमानस्थलबाट बाहिरिने क्रममा बरामद भएको...
५ घण्टा अगाडी २ मिनेट पाठ -
कोसीमा प्रदेश: दुई मन्त्री र राज्यमन्त्रीले लिए शपथ
कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सोमबार दुई मन्त्री...
५ घण्टा अगाडी १ मिनेट पाठ