राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने एसिया कप क्रिकेटमा भारतविरुद्ध नेपाली टिमलाई समर्थन गर्न श्रीलंका प्रस्थान गरेका छन् । सोमबार हुने भारतविरुद्धको खेलमा नेपाली टिमलाई समर्थन गर्न उनी श्रीलंका गएका हुन् ।
श्रीमती निकितासहित सभापति लामिछाने श्रीलंका प्रस्थान गरेको रास्वपाका केन्द्रीय सदस्य दिपक बोहोराले फेसबुकमार्फत् जानकारी दिएका छन् । एसिया कपमा नेपाल पाकिस्तान र भारतसँगै समूह ‘ए’ मा रहेको छ । श्रीलंकाको पाल्लेकेल्लेमा नेपालले सोमबार दिउँसो ३ बजेर १५ मिनेटमा भारतविरुद्ध खेल्दैछ । यसअघि गत बुधबार पाकिस्तानको मुल्तानमा सम्पन्न खेलमा नेपाल पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो ।
त्यस्तै, शनिबार पाकिस्तान र भारतबीच भएको खेल वर्षाका कारण रद्द भएको थियो ।