कानुनमन्त्रीलाई गगन थापाको प्रश्न– संसद्बाहिर हुँदा विरोध, मन्त्री बन्दा सही हुन्छ?

सत्तासाझेदार दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केही नेपाल ऐन संशोधनका नाममा एकसाथ ७९ विधेयक संशोधन गर्न खोजेर संसद्को अधिकार खोसिएको बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा उनले यो गलत प्रक्रियालाई हटाउन आग्रह गरे । उनले आफ्नै पार्टीबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री बनेका धनराज गुरुङलाई यस्तो आग्रह गरेका हुन् ।
एकरूपता ल्याउन गणतन्त्र आइसकेपछि केही नेपाल ऐन भनेर थुप्रै कानुन एकैपटक संशोधन गर्न लागिएको उनले बताए । ०७४ सालमा तत्कालीन नेकपा नेतृत्वको सरकारले यसको चरम दुरूपयोग गरेको भन्दै उनले नेपाल ट्रस्ट ऐन कानुन सोहीअनुसार ल्याइएको जिकिर गरे । सदनबाहिर हुँदा यसको विरोध गर्नेले अहिले मन्त्री बन्दा ठिक भन्न नपाउने सांसद थापाको भनाइ छ । “कानुनमन्त्रीलाई म सम्झाउँछु, संसद्बाहिर जमेर यसको विरोध गर्नुभएको थियो, त्यो बेलामा गलत अहिले सही हुन्छ?,” थापाले प्रश्न गरे, “यो विधिशास्त्रको मान्यताको खिलाफ हो । यसरी ऐन ल्याउनु भनेको हिजो पनि संसद्लाई हेपेको हो, आज पनि संसद्लाई हेपेको हो ।”
संसदीय व्यवस्थामा बहुमतको आडमा जस्तो विधेयक ल्याए पनि पारित हुन्छ भन्ने भ्रम रहेको भन्दै उनले सांसद हेपिने कि नहेपिने योपटक ‘देखाइछाड्ने’ बताए । विधेयकमा मुलुकी फौजदारी संहिताको संशोधनमार्फत जघन्य अपराधलाई जोगाउने प्रावधान राखिएको उनले उल्लेख गरे । राजनीतिक अपराधीकरण र यस्तो व्यवस्था कांग्रेसलाई स्वीकार्य नभएको उनले बताए । “०७४ पछि बनेको सरकारले लेखेको ड्राफ्ट हो यो । यसको भारी नबोक्नुहोस् । यसलाई बिसाउनुहोस्, यसलाई हटाउनुहोस्,” थापाले कानुनमन्त्री गुरुङलाई आग्रह गर्दै भने ।
-
लोसपाको केन्द्रीय समिति पुनर्गठन: उपाध्यक्ष १५, महासचिव १६ र पदाधिकारी ६३ जना (सूची)
महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को केन्द्रीय समिति पुनर्गठन गरिएको छ ।...
२ घण्टा अगाडी ३ मिनेट पाठ -
पूर्वमन्त्री रामकुमार श्रेष्ठ भ्रष्टाचारी ठहर
अकुत सम्पत्ति आर्जन मुद्दामा पूर्वमन्त्री रामकुमार श्रेष्ठ दोषी ठहर भएका छन् । विशेष अदालतले...
२ घण्टा अगाडी १ मिनेट पाठ -
फार्मेसी अनुगमन निरन्तर हुन्छ: स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले फार्मेसी क्षेत्रको सुधारका लागि अनुगमन र कारबाहीलाई निरन्तरता दिएको...
४ घण्टा अगाडी २ मिनेट पाठ -
सुन तस्करी प्रकरणमा उच्चस्तरीय आयोगले दोषीमाथि कारबाही गर्न पाउनुपर्छ: केपी ओली
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विमानस्थलबाट बाहिरिने क्रममा बरामद भएको...
४ घण्टा अगाडी २ मिनेट पाठ -
कोसीमा प्रदेश: दुई मन्त्री र राज्यमन्त्रीले लिए शपथ
कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सोमबार दुई मन्त्री...
४ घण्टा अगाडी १ मिनेट पाठ