सामन्तवाद ढलेकै रहेनछ: कानुनमन्त्री गुरुङ

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सामन्तवादको अवशेषका रूपमा मिटरब्याजी भेटिएको बताएका छन् । प्रतिनिधिसभाले सन्देशसहित पठाएको मिटरब्याजसम्बन्धी मुलुकी देवानी संहितासहित केही नेपाल ऐन संशोधनका विषयमा बिहीबार राष्ट्रियसभालाई जानकारी गराउँदै उनले यस्तो बताएका हुन् ।
लोकतन्त्रपछि समान्तवाद ढल्यो भनेर बसिए पनि त्यसले फेरि शिर उठाएको उनले उल्लेख गरे । “हामी त लोकतन्त्र आएपछि सामन्तवाद ढल्यो भन्नेमा थियौँ । तर, मिटरब्याजका नाममा सामन्तवाद जरा गाडेर बसेको रहेछ,” मन्त्री गुरुङले भने, “तर पनि म मन्त्री पीडितको पक्षमा उभिनैपर्छ । राष्ट्रियसभा पीडितको पक्षमा उभिनैपर्छ । सिंगो देश र सरकार पीडितको पक्षमा उभिन्छ ।” राष्ट्रियसभामा उत्पत्ति हुँदा अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी विधेयक अध्यादेश प्रतिस्थापनका रूपमा आएपछि प्रक्रियामा भएको ढिलाइलाई प्रतिनिधिसभाले विधेयकका रूपमा पारित गरेको उनले जानकारी दिए ।
उनले सारमा विधेयक उही भए पनि रूपमा केही परिवर्तन गरिएको भन्दै प्रक्रियागत त्रुटिका लागि माफी मागेका थिए । उनले माफी मागेपछि राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले प्रतिनिधिसभाले सन्देशसहित पठाएको अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी विधेयक पढेर सुनाएका थिए ।
-
लोसपाको केन्द्रीय समिति पुनर्गठन: उपाध्यक्ष १५, महासचिव १६ र पदाधिकारी ६३ जना (सूची)
महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को केन्द्रीय समिति पुनर्गठन गरिएको छ ।...
३ घण्टा अगाडी ३ मिनेट पाठ -
पूर्वमन्त्री रामकुमार श्रेष्ठ भ्रष्टाचारी ठहर
अकुत सम्पत्ति आर्जन मुद्दामा पूर्वमन्त्री रामकुमार श्रेष्ठ दोषी ठहर भएका छन् । विशेष अदालतले...
३ घण्टा अगाडी १ मिनेट पाठ -
फार्मेसी अनुगमन निरन्तर हुन्छ: स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले फार्मेसी क्षेत्रको सुधारका लागि अनुगमन र कारबाहीलाई निरन्तरता दिएको...
४ घण्टा अगाडी २ मिनेट पाठ -
सुन तस्करी प्रकरणमा उच्चस्तरीय आयोगले दोषीमाथि कारबाही गर्न पाउनुपर्छ: केपी ओली
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विमानस्थलबाट बाहिरिने क्रममा बरामद भएको...
४ घण्टा अगाडी २ मिनेट पाठ -
कोसीमा प्रदेश: दुई मन्त्री र राज्यमन्त्रीले लिए शपथ
कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सोमबार दुई मन्त्री...
४ घण्टा अगाडी १ मिनेट पाठ