१५औं महाधिवेशनमा शेखर कोइरालालाई सभापति बनाउछौँ: धनराज गुरुङ

नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङले १५औं महाधिवेशनमा नेता डा. शेखर कोइलालाई सभापति बनाउने घोषणा गरेका छन् । ४१औं बीपी स्मृति दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा उनले आफूले कोइरालालाई रुपान्तरणको मुद्दा नसकिएको भन्दै सभापतिको लागि अघि बढ्न आग्रह गरेको बताए ।
“डा. शेखर कोइराला अघि बढ्नुहोस् । मेरो पनि आकांक्षा होला उपसभापतिमा तर, रूपान्तरण मुद्दा सकिएको छैन, तपाईं अघि बढ्नुहोस् भनेको छु,” उनले भने, “प्रस्ट रूपमा भन्छु खरो ढंगबाट पार्टीको रूपान्तरण अभियानमा १५ औं महाधिवेशनमा सभापति बन्ने हो ।” उनले बीपी कोइरालाको पदचाप पहिल्याउनुपर्ने बताए ।
“बीपीको पदचाप पहिलाउनुपर्छ हिँड्नै पर्छ । हामीले कांग्रेसलाई बहुमतको पार्टी बनाउनुछ । यो मुलुक र जनताको लागि डेलिभरी दिन आवश्यक छ । जनमतका लागि राजनीति गरेका छौँ भनेर हिँड्नुपर्छ,” उनी भन्छन्, “हामी अलमलिएका छौं कि ठिक छ? रूपान्तरण गर्ने नै हो । सिङ्गो मुलुकको रूपान्तरण अघि पार्टीको रूपान्तरण हुन्छ । सूरूमा आफैँ रूपान्तरण गर्नुछ । आफैँ नबदल्नेले पार्टी र देशको मुहार बदफ्न सक्दैनौं ।”
-
लोसपाको केन्द्रीय समिति पुनर्गठन: उपाध्यक्ष १५, महासचिव १६ र पदाधिकारी ६३ जना (सूची)
महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को केन्द्रीय समिति पुनर्गठन गरिएको छ ।...
४ घण्टा अगाडी ३ मिनेट पाठ -
पूर्वमन्त्री रामकुमार श्रेष्ठ भ्रष्टाचारी ठहर
अकुत सम्पत्ति आर्जन मुद्दामा पूर्वमन्त्री रामकुमार श्रेष्ठ दोषी ठहर भएका छन् । विशेष अदालतले...
४ घण्टा अगाडी १ मिनेट पाठ -
फार्मेसी अनुगमन निरन्तर हुन्छ: स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले फार्मेसी क्षेत्रको सुधारका लागि अनुगमन र कारबाहीलाई निरन्तरता दिएको...
५ घण्टा अगाडी २ मिनेट पाठ -
सुन तस्करी प्रकरणमा उच्चस्तरीय आयोगले दोषीमाथि कारबाही गर्न पाउनुपर्छ: केपी ओली
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विमानस्थलबाट बाहिरिने क्रममा बरामद भएको...
५ घण्टा अगाडी २ मिनेट पाठ -
कोसीमा प्रदेश: दुई मन्त्री र राज्यमन्त्रीले लिए शपथ
कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सोमबार दुई मन्त्री...
५ घण्टा अगाडी १ मिनेट पाठ