आइतवार, आश्विन १४ गते २०८०

२०८०, आश्विन १४गते

1st Oct 2023

राष्ट्रिय सभा बैठकबाट शोक प्रस्ताव पारित


Nepal Raibar
२१, जेठ २०८० (अर्काइभ बाट)
राष्ट्रिय सभाले प्रतिनिधि सभाका पूर्वसदस्य एवं संविधान सभा सदस्य एवं पूर्वराज्यमन्त्री मिना पाण्डेको निधनमा शोक प्रस्ताव पारित गरेको छ । आइतबार बसेको राष्ट्रिय सभाको दोस्रो बैठकले पाण्डेको निधनमा शोक प्रस्ताव सर्वसम्मतले पारित गरेको हो । पहिलो बैठक एमालेसहितका प्रतिपक्षी दलको अवरोधका कारण स्थगित भएर बसेको दोस्रो बैठकले पाण्डेको निधनप्रति शोक प्रस्ताव पारित गरेको हो । आइतबारको बैठकको कार्यसूचीमा रहेका क्रमश संख्या १, २ र ३ नम्बरका कार्यक्रम हटाएर दोस्रो बैठक बसेको हो दोस्रो बैठकले शोक प्रस्ताव पारित गरेर सोमबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी स्थगित गरिएको हो ।

ताजा अपडेट