आइतवार, आश्विन १४ गते २०८०

२०८०, आश्विन १४गते

1st Oct 2023

तीन दलको अवरोधले प्रतिनिधि सभा बैठक एक घण्टा स्थगित


Nepal Raibar
२१, जेठ २०८० (अर्काइभ बाट)
तीन दलको अवरोधले प्रतिनिधि सभा बैठक एक घण्टा स्थगित
प्रतिनिधि सभा बैठकको बैठक एक घण्टाका लागि स्थगित भएको छ। प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विरोध गरेपछि बैठक अवरुद्ध भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलबाट भएको नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा तीन दलले आजको बैठकमा नाराबाजी गरेका गरेका हुन्। सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराए लगतै एमाले, रास्वपा र राप्रपाका सांसदहरु उठेका थिए। पटक पटक बसेर बैठक अगाडी बढाउन सहयोग गर्न आग्रह गरे पनि नमानेपछि सभामुख घिमिरेले एक घण्टाका लागि बैठक स्थगित गरेको सुनाए। त्यसअघि एमाले प्रमुख सचेतक पदम गिरीले निष्क्रिय भइसकेको विधेयकलाई असंवैधानिक ढंगले प्रमाणीकरण गरेको भन्दै आपत्ति जनाएका थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा वंगलादेशको फूलवारी बन्दरगाह प्राप्त गर्न कालापानी दिन तयार छौं भन्ने आशयको अभिव्यक्ति दिएको भन्दै विरोध जनाए। यसमा प्रधानमन्त्रीले संसदमा आएर माफी माग्नुपर्ने, नभए संसद चल्न नसक्ने उनले बताएका छन्। रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले पनि नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रिया गलत भएको बताए। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि राष्ट्रपति संस्थालाई सत्ता स्वार्थका लागि दुरुपयोग गरेर नागरिकता विधेयक प्रमाणीकरण गरिएको भन्दै विरोध जनाएका छन्। बिहान ११ बजेका लागि बोलाइएको बैठक विपक्षी दलका कारण करिब डेढ घण्टा ढिला गरी सुरु भएको थियो।

ताजा अपडेट