आइतवार, आश्विन १४ गते २०८०

२०८०, आश्विन १४गते

1st Oct 2023

नागरिकता विधेयक निष्क्रिय पारेर नयाँ संशोधन प्रस्ताव राखी छलफल गर्नुपर्ने माग


Nepal Raibar
२१, जेठ २०८० (अर्काइभ बाट)
नागरिकता विधेयक निष्क्रिय पारेर नयाँ संशोधन प्रस्ताव राखी छलफल गर्नुपर्ने माग
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेको नागरिकता विधेयक निष्क्रिय पारेर नयाँ संशोधन प्रस्ताव राखी संसद्मा छलफल गर्नुपर्ने माग गरेको छ । “विधेयक निष्क्रिय गरेर नयाँ संशोधन प्रस्ताव ल्याउनुपर्छ । एक हप्ताभित्र दिनरात छलफल गरेर नागरिकता नपाएर अप्ठ्यारोमा परेकालाई नागरिकता दिऊँ भनिरहेका छौँ,” आइतबार प्रतिनिधिसभा बैठकको सुरुमा एमालेका प्रमुख सचेतक पदम गिरीले भने । त्यसो नगरिए एमालेले संसद् चल्न नदिने उनको भनाइ छ । यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणका क्रममा दिएको सीमासम्बन्धी अभिव्यक्तिबारे संसद्मा आएर जवाफ दिनुपर्ने उनले बताए ।

ताजा अपडेट