आइतवार, आश्विन १४ गते २०८०

२०८०, आश्विन १४गते

1st Oct 2023

प्रधानमन्त्री प्रचण्ड चार दिने भ्रमणका लागि भारत प्रस्थान


Nepal Raibar
१७, जेठ २०८० (अर्काइभ बाट)
प्रधानमन्त्री प्रचण्ड चार दिने भ्रमणका लागि भारत प्रस्थान
प्रधानमन्त्री पुष्पकमल दाहाल बुधबार चारदिने भारत भ्रमणका लागि प्रस्थान गरेका छन् । गत पुस १० मा तेस्रो पटक प्रधानमन्त्री बनेपछि दाहालको यो पहिलो विदेश भ्रमण हो । उनी बुधबार दिउँसो नेपाल एयरलाइन्सको नियमित उडानबाट भारत प्रस्थान गरेका हुन् । मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित अरु पाँच जना मन्त्रीहरु पनि सहभागी छन् । टोलीमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्र मन्त्री एनपी साउद, अर्थ मन्त्री डा। प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल, छोरी गंगा दाहाल लगायत छन् । भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसहित उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ । चारदिने भ्रमण पूरा गरी प्रधानमन्त्री प्रचण्ड आउँदो शनिबार स्वदेश फर्किने कार्यक्रम छ ।

ताजा अपडेट