आइतवार, आश्विन १४ गते २०८०

२०८०, आश्विन १४गते

1st Oct 2023

पूर्वप्रधानमन्त्री झलनाथ खनाल सहभागी कार्यक्रममा राजावादीहरुको हुलदंगा र नाराबाजी, ९ जनालाई पक्राउ


Nepal Raibar
१७, जेठ २०८० (अर्काइभ बाट)
पूर्वप्रधानमन्त्री झलनाथ खनाल सहभागी कार्यक्रममा राजावादीहरुको हुलदंगा र नाराबाजी, ९ जनालाई पक्राउ
नेकपा (एकिकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल सहितका कम्युनिष्ट नेता सहभागी कार्यक्रममा हुलदंगा र नाराबाजी भएको छ । मंगलबार अनामनगरस्थित सामाजिक विकास समाजको हलमा आयोजित कार्यक्रममा सहभागी भएका खनाल उक्त कार्यक्रममा एकजना युवाले मञ्च कब्जा गरेर पूर्वराजाको पक्षमा भाषण गरेका छन् । त्यसपछि उनीहरुले सामूहिक रुपमा नाराबाजी गरेका हुन् । कार्यक्रममा झलनाथ खनाल, नेकपा क्रान्तिकारी (माओवादी) सिपी गजुरेल र पूर्व गभर्नर डा.दिपेन्द्र क्षेत्री सहभागी थिए । हुलदंगा गर्ने ९ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

ताजा अपडेट