राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभाको समानुपातिक सांसद् बिन्दबासिनी कंसाकारले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छिन् ।
प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले कंसाकारलाई सिंहदरबारस्थित कानून समितिको हलमा शपथ ग्रहण गराएका हुन् ।
रास्वपाले घुस काण्डमा मुछिएका ढाकाकुमार श्रेष्ठलाई निलम्बन गरेपछि कंसाकारलाई समानुपातिक सांसदमा सिफारिस गरेको थियो ।