मन्त्री ज्वालाद्वारा नागढुङ्गा सुरुङमार्गको अनुगमन

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला तथा विश्व बैंकका उच्च अधिकारीसहितको टोलीले आज नागढुङ्गा सुरुङमार्गको अनुगमन गरेको छ।
उक्त टोलीले आजै नागढुङ्गा-मुग्लिन सडक विस्तार आयोजनाको कामका बारेमा समेत स्थलगत अनुगमन गरिरहेको छ। टोलीले मुग्लिनसम्म पुगेर सडकको अवस्थाबारे जानकारी लिने बताइएको छ। अनुगमनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माको समेत सहभागिता रहेको छ। सो क्रममा मन्त्री ज्यावाले सुरुङमार्गमा भएको प्रगति र अवस्थाबारे जानकारी लिनुभएको थियो। सुरुङमार्गको मुख्य टनेल छ सय मिटर र रेस्क्यु टनेल दुई सय मिटर खन्न बाँकी छ। आउँदो दशैँसम्म मुख्य टनेल जोडिसक्ने र रेस्क्यु टनेल छिट्टै जोड्ने तयारी छ। आउँदो डेढ वर्षभित्रमा गाडी चलाउन मिल्ने बनाउने गरी काम तीव्ररूपमा अघि बढाइएको सुरुङमार्गको कन्सल्ट्यान्टतर्फका इञ्जीनियर रमेश कोइरालाले जानकारी दिए।
सुरुङमार्गको २०७६ कात्तिकमा शिलान्यास गरिएको थियो। यसको लम्बाइ दुई दशमलव ६८ किलोमिटर छ। यहाँ नौ मिटर र चार मिटरका दुई सुरुङ निर्माण भइरहेका छन्। कोरोना महामारीलगायत कारणले काममा ढिलाइ हुँदा सुरुङमार्गको निर्माण अवधि एक वर्ष थपिएको हो।
-
राष्ट्रिय सभा बैठकबाट शोक प्रस्ताव पारित
राष्ट्रिय सभाले प्रतिनिधि सभाका पूर्वसदस्य एवं संविधान सभा सदस्य एवं पूर्वराज्यमन्त्री मिना पाण्डेको निधनमा...
२५ मिनेट अगाडी १ मिनेट पाठ -
नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध गोलबद्ध प्रतिपक्ष
नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध प्रतिनिधिसभाका प्रतिपक्षी दल गोलबद्ध भएका छन् । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले...
६० मिनेट अगाडी ३ मिनेट पाठ -
राष्ट्रियसभा बैठक सोमबार बस्ने
राष्ट्रियसभाको बैठक सोमबार दिउँसो १ः०१ मा बस्ने भएको छ । आइतबारको पहिलो बैठकमा प्रतिपक्षी...
१ घण्टा अगाडी १ मिनेट पाठ -
तीन दलको अवरोधले प्रतिनिधि सभा बैठक एक घण्टा स्थगित
प्रतिनिधि सभा बैठकको बैठक एक घण्टाका लागि स्थगित भएको छ। प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित...
२ घण्टा अगाडी २ मिनेट पाठ -
नागरिकता विधेयक निष्क्रिय पारेर नयाँ संशोधन प्रस्ताव राखी छलफल गर्नुपर्ने माग
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेको नागरिकता विधेयक निष्क्रिय पारेर नयाँ संशोधन...
२ घण्टा अगाडी १ मिनेट पाठ