आज न्यूजील्याण्ड जाँदै माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आज न्यूजील्याण्ड जाने भएका छन्।
न्यूजील्याण्डको अकल्याण्ड सहरमा सोमबार हुने ७०औँ ‘माउन्ट एभरेष्ट सेलेव्रेशन डे’का अवसरमा आयोजना गरिने सभालाई उनले विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्नेछन्। तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले पहिलोपटक विश्वको सर्वोच्च हिमशिखर सगरमाथा आरोहणको ७० वर्ष पुगेको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको हो। अध्यक्ष नेपालले न्यूजील्याण्ड सरकारका प्रतिनिधि, विभिन्न नेता, त्यहाँस्थित प्रवासी नेपाली र पार्टी निकट प्रवासी मञ्चका प्रतिनिधिसँग भेटघाट तथा छलफल गर्ने पार्टीका पोलिटब्यूरो सदस्य दिलु पन्तले जानकारी दिए।
करिब एक साताको भ्रमणका क्रमाम अध्यक्ष नेपालले अष्ट्रेलियाको सिड्नीमा आयोजना गरिने गैरआवासीय नेपाली सङ्घको कार्यक्रममा समेत सहभागी गर्ने कार्यक्रम छ।
-
रास्वपाद्वारा डेङ्गु रोग नियन्त्रणको माग गर्दै संकल्प प्रस्ताव दर्ता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डेङ्गु रोग नियन्त्रण, रोकथाम र उपचारका लागि बेलैमा सावधानी...
१८ मिनेट अगाडी २ मिनेट पाठ -
समग्र हितको रक्षापछि मात्रै संसद्को गतिरोध अन्त्य हुन्छ: ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको समग्र हितको रक्षापछि संसद्को गतिरोध अन्त्य हुने...
३३ मिनेट अगाडी १ मिनेट पाठ -
प्रतिनिधिसभा बैठक सोमबार ११ बजेसम्मका लागि स्थगित
प्रतिनिधिसभाको बैठक सोमबारसम्मका लागि स्थगित भएको छ । प्रतिपक्ष तीन दलको अवरोधपछि एक घण्टामा...
४९ मिनेट अगाडी १ मिनेट पाठ -
राष्ट्रपतिद्वारा छ देशका लागि राजदूत नियुक्त
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानबमोजिम विभिन्न मुलुकका लागि राजदूत नियुक्त गरेका छन् । राष्ट्रपतिले विभिन्न...
५६ मिनेट अगाडी १ मिनेट पाठ -
स्वीडेनले सेक्सलाई दियो खेलको मान्यता, पहिलो युरोपेली सेक्स च्याम्पियनसिप जुन ८ मा
‘सेक्स’ अर्थात् यौन सम्पर्कलाई स्वीडेनले खेलको मान्यता दिएको छ । यससँगै स्वीडेन सेक्सलाई खेलको...
१ घण्टा अगाडी १ मिनेट पाठ