नक्कली भुटानी शरणार्थी प्रकरणः प्रतिवादीहरुको आजबाट अदालतमा बयान

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतिवादीहरुको आज शुक्रबारबाट अदालतमा बयान प्रक्रिया शुरु हुने भएको छ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई ठूलो रकम ठगी गरेर अमेरिका पठाउन लागेको अभियोगमा पक्राउ परेकाहरुको आजबाट अदालतमा बयान शुरु हुन लागेको हो । गत सोमबार प्रहरीले आफ्नो अनुसन्धान पूरा गरी ३० जनाविरुद्ध पाँच अभियोगमा सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएपछि सरकारी वकिलको कार्यालयले बुधबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको थियो ।
सरकारी वकिलको कार्यालयले पक्राउ परेकाविरुद्ध ठगी, राज्यविरुद्धको अपराध, किर्ते र संगठित ठगी मुद्दा चलाएको छ । बयान सकिएपछि मात्र थुनछेकको बहस शुरु हुनेछ । थुनछेकको बहसपछि प्रतिवादीहरूलाई थुनामा राख्ने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश हुनेछ । ३० प्रतिवादीहरुको बयान सक्न कम्तीमा एक हप्ता लाग्न सक्ने जनाइएको छ ।
शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्व सभासद आङटावा शेर्पा, खाणका स्वकीय नरेन्द्र केसी, सन्दीप रायमाझीसहित गिरोह केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, गोविन्द चौधरी र रामशरण केसी प्रहरी हिरासतमा छन् । पूर्व गृहमन्त्री थापाका छोरा प्रतीक, इन्द्रजित राईका छोरा नीरजसहितका १७ जना फरार छन् ।
-
राष्ट्रिय सभा बैठकबाट शोक प्रस्ताव पारित
राष्ट्रिय सभाले प्रतिनिधि सभाका पूर्वसदस्य एवं संविधान सभा सदस्य एवं पूर्वराज्यमन्त्री मिना पाण्डेको निधनमा...
२० मिनेट अगाडी १ मिनेट पाठ -
नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध गोलबद्ध प्रतिपक्ष
नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध प्रतिनिधिसभाका प्रतिपक्षी दल गोलबद्ध भएका छन् । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले...
५५ मिनेट अगाडी ३ मिनेट पाठ -
राष्ट्रियसभा बैठक सोमबार बस्ने
राष्ट्रियसभाको बैठक सोमबार दिउँसो १ः०१ मा बस्ने भएको छ । आइतबारको पहिलो बैठकमा प्रतिपक्षी...
१ घण्टा अगाडी १ मिनेट पाठ -
तीन दलको अवरोधले प्रतिनिधि सभा बैठक एक घण्टा स्थगित
प्रतिनिधि सभा बैठकको बैठक एक घण्टाका लागि स्थगित भएको छ। प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित...
२ घण्टा अगाडी २ मिनेट पाठ -
नागरिकता विधेयक निष्क्रिय पारेर नयाँ संशोधन प्रस्ताव राखी छलफल गर्नुपर्ने माग
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेको नागरिकता विधेयक निष्क्रिय पारेर नयाँ संशोधन...
२ घण्टा अगाडी १ मिनेट पाठ