रायमाझी र खाँणसहितलाई २७ करोड बिगोसहित पाँच कसुरमा मुद्दा चलाउन सिफारिस
पाँच कसुरमा मुद्दा चलाउन राय

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले ३२ जनाविरुद्ध संगठित अपराधको कसुरमा मुद्दा चलाउन राय दिँदै सोमबार जिल्ला सरकारी वकिल कार्यालय बबरमहलमा प्रतिवदेन बुझाएको हो ।
यस प्रकरणमा करोडौँ ठगी आरोपमा समातिएका र अन्य फरारविरुद्ध प्रहरीले पाँच वटा कसुरमा मुद्दा चलाउने गरी फाइल अघि बढाएको छ । उक्त अनुसन्धान प्रतिवेदनमा पक्राउ परेका १६ जना र फरार अन्य १६ जनाविरुद्ध ठगी, सम्पत्ति शुद्धिकरण, संगठित अपराध, राष्ट्रिय हितविपरीतको कसुरमा मुद्दा चलाउने निर्णय लिएको हो ।
११३ जनाले दिएको जाहेरीको आधारमा प्रहरीले २७ करोड बढी बिगो मागदाबी गरिएको छ । मुलुकी अपराध संहिता २०७४ को दफा ५१ (२)क अन्तर्गत सबै अभियुक्तलाई राष्ट्रहित प्रतिकूल काम गरेको कसुरमा पनि मुद्दा चलाउन मागदाबी गरिएको छ । सरकारी वकिल कार्यालय स्रोतका अनुसार यस प्रकरणमा संलग्न सबैंलाई ठगी, कीर्ते र संगठित अपराको मुद्दा चलाउन राय दिएको छ । उनीहरूलाई २० कम्तिमा वर्षको कैद सजाय हुनेगरी मागदाबी गरिएको छ ।
यस प्रकरणमा नाम जोडिएका तर प्रमाण नपुगेका अभियुक्तहरूको पछि पूरक अभियोग दर्ता गर्न सकिने प्रहरीको प्रतिवेदनमा उल्लेख छ । यस प्रकरणमा पक्राउ नपरेका पीडितहरूसँग पैसा लेनदेन गरेको प्रमाण भेटिएका केशव तुलाधार, लक्ष्मी महर्जन, अशोक पोखरेल, धीरेन राई, दीपा हुमागाईँ, मोहन राई, सुनिल बुढाथोकी, विनिता लिम्बु, निरन्जन खरेल, राजेश अर्याल, हरिभक्त महर्जन, आशिष बुढाथोकी र रमा थापाविरुद्ध पनि मुद्दा चलाउनुपर्ने प्रतिवेदनमा भनिएको छ ।
यो प्रकरणमा पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा र सुरक्षा विज्ञ इन्द्रजीत राईका छोरा निरज राईविरुद्ध पक्राउ पूर्जा जारी भए पनि हालसम्म उनीहरू फरार छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद् आङटावा शेर्पा छन् । त्यस्तै नरेन्द्र केसी, सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, गोविन्द चौधरी र रामशरण केसी प्रहरी नियन्त्रणमा छन् ।
-
राष्ट्रिय सभा बैठकबाट शोक प्रस्ताव पारित
राष्ट्रिय सभाले प्रतिनिधि सभाका पूर्वसदस्य एवं संविधान सभा सदस्य एवं पूर्वराज्यमन्त्री मिना पाण्डेको निधनमा...
३७ मिनेट अगाडी १ मिनेट पाठ -
नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध गोलबद्ध प्रतिपक्ष
नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध प्रतिनिधिसभाका प्रतिपक्षी दल गोलबद्ध भएका छन् । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले...
१ घण्टा अगाडी ३ मिनेट पाठ -
राष्ट्रियसभा बैठक सोमबार बस्ने
राष्ट्रियसभाको बैठक सोमबार दिउँसो १ः०१ मा बस्ने भएको छ । आइतबारको पहिलो बैठकमा प्रतिपक्षी...
१ घण्टा अगाडी १ मिनेट पाठ -
तीन दलको अवरोधले प्रतिनिधि सभा बैठक एक घण्टा स्थगित
प्रतिनिधि सभा बैठकको बैठक एक घण्टाका लागि स्थगित भएको छ। प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित...
२ घण्टा अगाडी २ मिनेट पाठ -
नागरिकता विधेयक निष्क्रिय पारेर नयाँ संशोधन प्रस्ताव राखी छलफल गर्नुपर्ने माग
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेको नागरिकता विधेयक निष्क्रिय पारेर नयाँ संशोधन...
३ घण्टा अगाडी १ मिनेट पाठ