आइतवार, आश्विन १४ गते २०८०

२०८०, आश्विन १४गते

1st Oct 2023

नेकपा एसले प्रकाश ज्वालालाई सरकारमा पठाउने


Nepal Raibar
१५, चैत्र २०७९ (अर्काइभ बाट)
नेकपा एसले प्रकाश ज्वालालाई सरकारमा पठाउने
माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले प्रकाश ज्वालालाई सरकारमा पठाउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्तिमा मन्त्री बन्ने एक जनाको नाम मागेपछि आज आकस्मिक रुपमा बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालयको बैठकले उपमहासचिव ज्वालालाई सरकारमा पठाउने निर्णय गरेको हो । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालका अनुसार सम्भवतः आजै सपथ हुनेछ । एकीकृत समाजवादीलाई पहिलो चरणमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय भाग परेको जनाइएको छ । भौतिक योजना मन्त्रालयको जिम्मेवारी सम्हालिरहेको नारायणकाजी श्रेष्ठलाई गृहमा पठाएर ज्वालालाई सो मन्त्रालय दिन लागिएको बुझिएको छ ।  

ताजा अपडेट