राष्ट्रको निर्माणमा सबैको सहकार्य आवश्यक छ: राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रको निर्माणमा सबैको सहकार्य आवश्यक रहेको बताएका छन् । उनले कसैलाई पनि पछाडि फर्कने छुट नभएको बताएका छन् ।
नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा राष्ट्रपति पौडेलले नेपाललाई समृद्ध बनाउनुपर्ने भन्दै मुलुकमा विकासको ठूलो सम्भावना रहेको र यसका लागि सबै मिलेर काम गर्नुपर्ने धारणा राखे । भेटमा राष्ट्रपति पौडेलले निर्माण व्यवसायीलाई निरुत्साहित हुन नदिनका लागि आफूले आवश्यक समन्वय गर्ने प्रतिबद्धता जनाए । नेपालका निर्माण व्यवसायीको समस्याबारे आफू जानकार रहेको स्पष्ट पार्दै उनले आफूले सक्ने जिम्मेवारी लिएर भरपर्दो काम गर्न व्यवसायीलाई सुझाव दिए । मुलुक निर्माणको जिम्मेवारी निर्माण व्यवसायीको काँधमा रहेको उनको भनाइ छ ।
नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले व्यवसायीमैत्री ऐन कानूनको अभावमा विगतमा व्यवसायीले धेरै झमेला सामना गर्नुपरेको गुनासो गरे । सार्वजनिक खरिद नियमावलीको १२औँ संशोधनका कारण भने निर्माण उद्योगमा केही सुधार देखिएको अध्यक्ष सिंहले जानकारी दिए । पछिल्लो समय राज्यले व्यवसायीलाई भुक्तानी नदिँदा निर्माण उद्योगमा धेरै समस्या देखिएको विषयमा अध्यक्ष सिंहले राष्ट्रपति पौडेलको ध्यानाकर्षण गराएका थिए । उनले राष्ट्रपतिमा निर्वाचित भएकामा महासङ्घको तर्फबाट पौडेललाई बधाई दिँदै कार्यकालको पूर्ण सफलताको कामना गरे । इन्टरनेशनल फेडेरेसन अफ एसियन एण्ड वेस्टर्न प्यासिफिक कन्ट्रयाक्टर्स एसोसिएसनका अध्यक्षसमेत रहेका अध्यक्ष सिंहले आगामी मङ्सिर ४ देखि ८ सम्म काठमाडौँमा हुने ४६औँ इफाप्का सम्मेलनको उद्घाटनका लागि राष्ट्रपति पौडेललाई आमन्त्रण गरेका छन् ।
महासङ्घ प्रतिनिमिण्डलमा अध्यक्ष सिंहका साथ महासङ्घका सल्लाहकार यक्षध्वज कार्की, जयराम लामिछाने, बीरेन्द्रराज पाण्डे, निवर्तमान अध्यक्ष विष्णुभाइ श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा ९एडी०, उपाध्यक्षद्वय रामजी पन्त ‘मुकेश’, बालकृष्ण थापा, महासचिव रोशन दाहाल, उपमहासचिव ९नीतिगत० शिवहरि घिमिरे, कोषाध्यक्ष हीरणकुमार श्रेष्ठ, कार्य समिति सदस्य सुशीलकुमार श्रेष्ठ, कार्यालय प्रमुख प्रेमसिंह ऐर र उपनिर्देशक निर्मल अर्याल सहभागी थिए ।
-
राष्ट्रिय सभा बैठकबाट शोक प्रस्ताव पारित
राष्ट्रिय सभाले प्रतिनिधि सभाका पूर्वसदस्य एवं संविधान सभा सदस्य एवं पूर्वराज्यमन्त्री मिना पाण्डेको निधनमा...
४१ मिनेट अगाडी १ मिनेट पाठ -
नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध गोलबद्ध प्रतिपक्ष
नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध प्रतिनिधिसभाका प्रतिपक्षी दल गोलबद्ध भएका छन् । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले...
१ घण्टा अगाडी ३ मिनेट पाठ -
राष्ट्रियसभा बैठक सोमबार बस्ने
राष्ट्रियसभाको बैठक सोमबार दिउँसो १ः०१ मा बस्ने भएको छ । आइतबारको पहिलो बैठकमा प्रतिपक्षी...
१ घण्टा अगाडी १ मिनेट पाठ -
तीन दलको अवरोधले प्रतिनिधि सभा बैठक एक घण्टा स्थगित
प्रतिनिधि सभा बैठकको बैठक एक घण्टाका लागि स्थगित भएको छ। प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित...
३ घण्टा अगाडी २ मिनेट पाठ -
नागरिकता विधेयक निष्क्रिय पारेर नयाँ संशोधन प्रस्ताव राखी छलफल गर्नुपर्ने माग
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेको नागरिकता विधेयक निष्क्रिय पारेर नयाँ संशोधन...
३ घण्टा अगाडी १ मिनेट पाठ