राष्ट्रपति पौडेलद्वारा जीवित देवी कुमारीको दर्शन

राष्ट्रपति रामचन्द्र पौडेलले आज वसन्तपुरस्थित कुमारी घर पुगेर जीवित देवी कुमारीको दर्शन गरेका छन् । आज अपराह्न वसन्तपुरस्थित कुमारी घर पुगेका राष्ट्रपति पौडेलले कुमारीको दर्शन गरी प्रसाद ग्रहण गरेका उनका प्रेस संयोजक खिला कार्कीले जानकारी दिए ।
राष्ट्रपतिलाई कुमारी घरका अध्यक्ष गौतमरत्न शाक्य, प्रतिनिधिसभा सदस्य सपना राजभण्डारी, प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्यलगायतले कुमारी घरमा स्वागत गरेका थिए । राष्ट्रप्रमुख भएपछि जीवित देवी कुमारीको दर्शन गर्न जाने परम्पराअनुसार राष्ट्रपति पौडेल दर्शन गर्न गएका हुन् । राष्ट्रपति पौडेल कुमारीको दर्शन गर्न जाँदा सडक खाली नगरी गएका थिए । कुमारीको दर्शनपछि राष्ट्रपति पौडेलले प्रसाद ग्रहण गर्नुका साथै कुमारी घरमा चियापान गरेर फर्किएका थिए । यसअघि आजै कुमारी घरको प्रतिनिधिमण्डलले राष्ट्रपति निवास शीतलनिवास पुगेर राष्ट्रपति पौडेललाई बधाई दिएको थियो ।
कुमारी घरमा हरेक महिनाको दशमीको दिन जीवित देवी कुमारीको पूजा हुने र एकादशीका दिन राष्ट्रप्रमुखसमक्ष सो पूजाको प्रसाद पुर्याउने परम्परा छ ।
-
राष्ट्रको निर्माणमा सबैको सहकार्य आवश्यक छ: राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रको निर्माणमा सबैको सहकार्य आवश्यक रहेको बताएका छन् । उनले कसैलाई...
३ घण्टा अगाडी २ मिनेट पाठ -
दलित भएकै कारण काठमाडौँमा डेरा नपाएको सांसदको गुनासो
दलित समुदायले सहर तथा सहरी क्षेत्रमा डेरा नपाएको र विभेदमा परेको भन्ने समाचार बेलाबेलामा...
४ घण्टा अगाडी ३ मिनेट पाठ -
बागमतीका मुख्यमन्त्रीलाई कांग्रेसले विश्वासको मत दिने
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई नेपाली कांग्रेसले विश्वासको मत दिने भएको छ । बुधबार...
४ घण्टा अगाडी १ मिनेट पाठ -
दलित समुदायको विभेद सांस्कृतिक अभियान चलाएर स्थायी समाधान खोज्नुपर्छ: प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलित समुदायको विभेद सांस्कृतिक अभियान चलाएर स्थायी समाधान खोजिनुपर्ने बताएका...
४ घण्टा अगाडी २ मिनेट पाठ -
पूर्वराजा भेट्न राप्रपाका चार नेता दमकमा, भेटेपछि लिङ्देनले भने– उहाँमा चिन्ता छ, मूभ गर्नुपरे हामी गर्छौँ
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूले पूर्वराजा ज्ञानेन्द्रसँग भेट गरेका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन,...
४ घण्टा अगाडी १ मिनेट पाठ