जनयुद्धका घटना अदालत पुगे प्रचण्डमात्रै होइन ओली र देउवा पनि जेल जानुपर्छ: सीपी गजुरेल

नेकपा (क्रान्तिकारी माओवादी)का वरिष्ठ नेता सीपी गजुरेलले जनयुद्धकालीन घटनालाई नियमित अदालती प्रक्रियामा लिएर गए प्रचण्डमात्रै नभएर केपी ओली र शेरबहादुर देउवा पनि जेल जानुपर्ने बताएका छन् । शनिबार संवाद डबलीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले जनयुद्धका घटनामा प्रचण्डमात्र नभई तत्कालीन सात राजनीतिक दलका नेताहरु पनि जिम्मेवार रहेको बताएका हुन् ।
कार्यक्रमा गजुरेलले शान्ति प्रक्रियामा तत्कालीन विद्रोही नेकपा ९माओवादी०, सात राजनीतिक दल र राज्यबीच सहमति भएको र त्यसको अनुगमन संयुक्त राष्ट्र संघले अनमिनमार्फत गरेको तर अहिले माओवादीलाई मात्रै दोष दिइएको आरोप लगाए । उनले शान्ति प्रक्रियाको मर्मअनुसार संक्रमणकालीन न्याय सम्पादन नहुनुमा प्रचण्डजत्तिकै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माधव कुमार नेपाल, बबुराम भट्टराई पनि जिम्मेवार रहेको बताए । गजुरेलले भने, “जनयुद्ध ठूलो क्रान्ति थियो, त्यहाँ धेरैको ज्यान जान्छ, हातहती हुन्छ, त्यो अपराधिक केस लगाएर हुँदैन, यो त शान्ति प्रक्रियाअनुसार सत्य निरुपण तथा मेलमिलाप आयोगबाट टुंगो लगाउनुपर्छ ।” कार्यक्रममा नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोलाले गणतन्त्र ल्याउने बलिदान गर्ने माओवादीहरुमाथि नै मुद्दा लगाइएको भन्दै आपत्ति जनाए ।
उनले भने, “यो परिवर्तन ल्याउने माओवादी, बलिदान गर्ने माओवादी, जनताको पक्षको लड्ने माओवादी तर माओवादीमाथि नै मुद्धा, यो भन्दा ठूलो अत्याचार अरु के हुन्छ र?” प्रचण्डविरुद्ध अदालतमा मुद्दा दर्ता भएपछि माओवादीहरु डराएको भन्ने हल्ला चलाइएको बताउँदै बास्तोलाले भने, “यहाँ माओवादी डराएको भनेर हल्ला चलाइएको छ, हामी डराएका छैनौं, जनयुद्ध सुरु गर्दा जनतालाई मुक्त गर्ने कसम खाएको र अपील गर्नेमध्ये म पनि हुँ, यस्ता मुद्दाबाट डराएको होइन, शान्ति प्रक्रियाकामा उल्लेख भएअनुसार न्याय सम्पादन गरिनुपर्छ भन्ने हाम्रो विषय हो ।” उनले अहिले व्यवस्था दलाल पुँजीपति वर्गको हातमा पुगेको भन्दै त्यसविरुद्ध आफूहरु उभिएको बताए ।
-
राष्ट्रको निर्माणमा सबैको सहकार्य आवश्यक छ: राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रको निर्माणमा सबैको सहकार्य आवश्यक रहेको बताएका छन् । उनले कसैलाई...
३ घण्टा अगाडी २ मिनेट पाठ -
दलित भएकै कारण काठमाडौँमा डेरा नपाएको सांसदको गुनासो
दलित समुदायले सहर तथा सहरी क्षेत्रमा डेरा नपाएको र विभेदमा परेको भन्ने समाचार बेलाबेलामा...
४ घण्टा अगाडी ३ मिनेट पाठ -
बागमतीका मुख्यमन्त्रीलाई कांग्रेसले विश्वासको मत दिने
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई नेपाली कांग्रेसले विश्वासको मत दिने भएको छ । बुधबार...
४ घण्टा अगाडी १ मिनेट पाठ -
दलित समुदायको विभेद सांस्कृतिक अभियान चलाएर स्थायी समाधान खोज्नुपर्छ: प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलित समुदायको विभेद सांस्कृतिक अभियान चलाएर स्थायी समाधान खोजिनुपर्ने बताएका...
४ घण्टा अगाडी २ मिनेट पाठ -
पूर्वराजा भेट्न राप्रपाका चार नेता दमकमा, भेटेपछि लिङ्देनले भने– उहाँमा चिन्ता छ, मूभ गर्नुपरे हामी गर्छौँ
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूले पूर्वराजा ज्ञानेन्द्रसँग भेट गरेका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन,...
४ घण्टा अगाडी १ मिनेट पाठ