सभामुख घिमिरेको अभिव्यक्तिप्रति महासंघको आपत्ति

नेपाल पत्रकार महासंघले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले शुक्रबार दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । शनिबार महासंघका महासचिव रोसन पुरीले विज्ञप्ति जारी गर्दै सभामुखको अभिव्यक्तिले समग्र सञ्चार क्षेत्रको आत्मसम्मानमा गम्भीर चोट पुगेको जनाउँदै आरोप पुष्टि गर्न आग्रह गरेका छन् ।
शुक्रबार नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डल बधाई ज्ञापन र संघीय संसद्ले बनाउने सञ्चार क्षेत्रसँग सम्बन्धित कानुनका विषयमा छलफल गर्न नवनिर्वाचित देवराज घिमिरेलाई भेट्न गएको बेला सभामुख घिमिरेले ‘पत्रकारहरू र संघ बिक्रीमा रहेको’भन्दै विवादास्पद अभिव्यक्ति दिएका हुन ।
सभामुखको अभिव्यक्तिप्रति तत्काल नै महासंघको नेतृत्वले सभामुखको सचिवालयमार्फत ध्यानाकर्षण गराएको र सभामुखबाटै उक्त आधारहीन अभिव्यक्ति फिर्ताका लागि आग्रह गरेको तर सचिवालयबाट सामान्य प्रष्टीकरणबाहेक आधिकारिक धारणा नआएको पनि महासचिव पुरीको भनाई छ ।
-
राष्ट्रको निर्माणमा सबैको सहकार्य आवश्यक छ: राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रको निर्माणमा सबैको सहकार्य आवश्यक रहेको बताएका छन् । उनले कसैलाई...
३ घण्टा अगाडी २ मिनेट पाठ -
गुमेको आँखाको ज्योति फर्कदा दङ्ग म्याग्दीका मोतियाविन्दु पीडित
नेत्रज्योति सङ्घ बेनी र रेडक्रस सोसाइटीले मालिका गाउँपालिकाको केन्द्र दरवाङमा आँखा उपचार केन्द्र सञ्चालन...
३ घण्टा अगाडी ३ मिनेट पाठ -
दलित भएकै कारण काठमाडौँमा डेरा नपाएको सांसदको गुनासो
दलित समुदायले सहर तथा सहरी क्षेत्रमा डेरा नपाएको र विभेदमा परेको भन्ने समाचार बेलाबेलामा...
३ घण्टा अगाडी ३ मिनेट पाठ -
बागमतीका मुख्यमन्त्रीलाई कांग्रेसले विश्वासको मत दिने
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई नेपाली कांग्रेसले विश्वासको मत दिने भएको छ । बुधबार...
३ घण्टा अगाडी १ मिनेट पाठ -
दलित समुदायको विभेद सांस्कृतिक अभियान चलाएर स्थायी समाधान खोज्नुपर्छ: प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलित समुदायको विभेद सांस्कृतिक अभियान चलाएर स्थायी समाधान खोजिनुपर्ने बताएका...
३ घण्टा अगाडी २ मिनेट पाठ