कांग्रेसबाट सरकारमा कसको नेतृत्वमा जाने टुंगो छैन: नेता केसी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले कांग्रेसबाट सरकारमा कसको नेतृत्वमा जाने भन्नेबारे अझै टुंगो लागिनसकेको बताएका छन् ।
बुटवलमा नेपाल प्रेस युनियन रूपन्देहीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वमन्त्री केसीले यसबारे कांग्रेस केन्द्रीय कार्यसमिति र कार्य सम्पादन समिति कतै पनि छलफल र औपचारिक रूपमा निर्णय नभएको बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले विश्वासको मत प्राप्त गरेपछि मात्र कांग्रेसले सरकारमा कसलाई पठाउने भन्नेबारे निर्णय हुने उनको भनाइ थियो । सञ्चारकर्मीले राखेको जिज्ञासामा नेता केसीले संविधानले स्पष्ट रूपमा राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिंग वा समुदाय उल्लेख गरेकाले अहिले कानुनअनुसार नै राष्ट्रपति र उपराष्ट्रपति चयन गरिएको बताए ।
भावनात्मकरूपमा महिला भएको भए राम्रो हुने भए पनि कानुनी रूपमा प्रश्न गर्ने ठाउँ नरहेको केसीले उल्लेख गरे ।अहिलेको मुख्य लडाइँ भनेको मुलुकमा गरिबी रहेको उनले बताए। अहिलेको समस्या गरिबी, बेरोजगारी, दण्डहीनता, भ्रष्टाचार रहेकाले त्यसका विरुद्ध लड्ने काम सबैको हुनुपर्ने नेता केसीले बताए। उनले भने, ‘देश एक प्रकारको सहमतिमा गएको अवस्थामा अबको मुख्य समस्या गरिबी नै हो ।’
उनले देशमा देखिएको गरिबी निवारण, बैंकिङ ब्याजदर, लघुवित्त समस्या समाधान गर्न सरकारको ध्यान तत्काल जानुपर्ने बताए। दातृ निकायको सहयोग र ऋणमा देश तथा सरकार चल्नु राम्रो नभएको उल्लेख गर्दै नेता केसीले यसको समाधानतर्फ लाग्नुपर्नेमा जोड दिए ।
-
राष्ट्रको निर्माणमा सबैको सहकार्य आवश्यक छ: राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रको निर्माणमा सबैको सहकार्य आवश्यक रहेको बताएका छन् । उनले कसैलाई...
४ घण्टा अगाडी २ मिनेट पाठ -
दलित भएकै कारण काठमाडौँमा डेरा नपाएको सांसदको गुनासो
दलित समुदायले सहर तथा सहरी क्षेत्रमा डेरा नपाएको र विभेदमा परेको भन्ने समाचार बेलाबेलामा...
४ घण्टा अगाडी ३ मिनेट पाठ -
बागमतीका मुख्यमन्त्रीलाई कांग्रेसले विश्वासको मत दिने
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई नेपाली कांग्रेसले विश्वासको मत दिने भएको छ । बुधबार...
५ घण्टा अगाडी १ मिनेट पाठ -
दलित समुदायको विभेद सांस्कृतिक अभियान चलाएर स्थायी समाधान खोज्नुपर्छ: प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलित समुदायको विभेद सांस्कृतिक अभियान चलाएर स्थायी समाधान खोजिनुपर्ने बताएका...
५ घण्टा अगाडी २ मिनेट पाठ -
पूर्वराजा भेट्न राप्रपाका चार नेता दमकमा, भेटेपछि लिङ्देनले भने– उहाँमा चिन्ता छ, मूभ गर्नुपरे हामी गर्छौँ
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूले पूर्वराजा ज्ञानेन्द्रसँग भेट गरेका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन,...
५ घण्टा अगाडी १ मिनेट पाठ