आइतवार, आश्विन १४ गते २०८०

२०८०, आश्विन १४गते

1st Oct 2023

प्रतिनिधिसभा सदस्य ज्वालाको सिंहदरबारमा सेवाग्राहीलाई प्रवेशमा गरिएको कडाइ अन्त्य गर्न माग


Nepal Raibar
१२, फाल्गुण २०७९ (अर्काइभ बाट)
प्रतिनिधिसभा सदस्य प्रकाश ज्वालाले देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा सेवाग्राहीलाई प्रवेशमा गरिएको कडाइ अन्त्य गर्न माग गरेका छन् । प्रतिनिधसभा बैठकमा सम्बोधन गर्दै उनले सरकारले लाइनविहीन सेवाको सुरुवात गरेको भए पनि सिंहदरबार प्रवेशका लागि सेवाग्राही लाइन लाग्ने गरेको प्रसङ्ग उठाए । यसका लागि उनले सिंहदरबारभित्र सेवाग्राहीलाई निर्वाध प्रवेशको व्यवस्था गर्न माग गरे । मन्त्रालयजति सबै सिंहदरबारभित्र राख्ने र सेवाग्राहीलाई प्रवेशमा कठाइले सुशासनको प्रत्याभूति नहुने भन्दै सांसद ज्वालाले तत्काल सिंहदरबार प्रवेशलाई सहज गराउन माग गरे ।

ताजा अपडेट