मधेश सरकारले अझै सकेन पूर्णता पाउन

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले शपथ ग्रहण गरेको दुई साता बितिसक्दा पनि सरकारले पूर्णता पाउन सकेको छैन । सत्तारुढ दलहरुबीच मन्त्रालयको भागबन्डामा औपचारिक सहमति हुन नसक्दा अहिले पनि प्रदेश सरकारले पूर्णता पाउन नसकेको हो ।
मन्त्रिपरिषदले पूर्णता पाउन नसकिरहेको समयमा प्रदेश सरकारका सत्ता साझेदार दलहरुले मन्त्रालय भागबन्डाको विषय भने मोटामोटी टुंगिएको बताएका छन् । सरकारमा जनता समाजवादी पार्टी ९जसपा०, नेकपा एमाले, जनमत पार्टी र माओवादी केन्द्रले सत्ता साझेदारी गरेका छन् । यता सरकारलाई समर्थन गरेको लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० लाई तत्काल सरकारमा सहभागी नगराइने भएको छ ।
यसअघि मुख्यमन्त्री यादवले लोसपालाई सरकारमा सहभागी गराउने तयारी गरिएको अभिव्यक्ति दिएपनि संघीय संसदमा सभामुख र उपसभामुखको निर्वाचनमा विपक्षी गठबन्धनलाई सहयोग गरेकाले मधेश सरकारमा सहभागी नगराउने एमालेका संसदीय दलका नेता एवम् बिनाविभागीय मन्त्री सरोजकुमार यादवले जानकारी दिए । उनले आज ९मंगलबार० अबेर रातिसम्म बिनाविभागीय मन्त्रीहरुको जिम्मेवारी बाँडफाँड हुने जानकारी समेत दिए ।
मन्त्री यादवले सत्ता साझेदार दलहरुको बैठकबाट मन्त्रालय भागबन्डाको सहमति जुटाइने बताए । अहिलेसम्मको सहमति अनुसार एमालेले ४, जसपाले ३, जनमत पार्टीले २ र माओवादी केन्द्रले १ मन्त्रालय पाउने सहमति भएको छ । प्रदेश प्रमुख जनकपुरधाम बाहिर रहेकाले उनि आए लगत्तै मन्त्रिपरिषदले पूर्णता पाउने मन्त्री यादवले बताउनु भयो । यसका साथै प्रदेशमा मन्त्रालयहरुको संख्या थपघट नगर्ने र मन्त्री तथा राज्यमन्त्रीको संख्या विगतजस्तै यथावत राख्ने समझदारी भएको उनले बताए ।
मुख्यमन्त्री यादवले गत पुस २९ गते तीन बिनाविभागीय मन्त्रीसहित शपथ लिएका थिए ।
-
सर्वोच्चले माग्यो चोलेन्द्रमाथिको महाअभियोग प्रतिवेदन
सर्वोच्च अदालतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग सिफारिस समितिबाट पेश भएको प्रतिवेदन पेश गर्न...
६ घण्टा अगाडी २ मिनेट पाठ -
एमाले उम्मेदवारलाई राष्ट्रपति बनाए संविधान नै दुर्घटनामा पर्ने खतरा छ: गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले उम्मेदवारलाई राष्ट्रपति बनाए संविधान नै दुर्घटनामा पर्ने खतरा...
१० घण्टा अगाडी २ मिनेट पाठ -
राष्ट्रियसभा उपाध्यक्ष अर्यालद्वारा पार्टीको जिम्मेवारीबाट अलग भएको घोषणा
राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले नेकपा माओवादी केन्द्रसँगको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन्...
१० घण्टा अगाडी १ मिनेट पाठ -
विप्लव नेतृत्वको नेकपाले ५ र १५ फागुनमा देशव्यापी प्रदर्शन गर्ने
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले महंगी र चर्को ब्याजदरविरुद्ध फागुन ५ र...
१० घण्टा अगाडी १ मिनेट पाठ -
राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले दिइन् पार्टीबाट राजीनामा
राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले पार्टीबाट राजीनामा दिएकी छिन् । मंगलबार राष्ट्रिय सभाको उपाध्यक्ष...
१० घण्टा अगाडी १ मिनेट पाठ