प्रदेशले मन्त्रालय संख्या घटाएर राम्रो भयो: खिमलाल देवकोटा

राष्ट्रियसभाका सदस्य खिमलाल देवकोटाले सातै प्रदेशले मन्त्रालयको संख्या घटाउँदा राम्रो भएको बताएका छन् । संसद् बैठकमा बोल्दै देवकोटाले प्रदेशको मन्त्रालय घटाउँदा सकारात्मक सन्देश प्रवाह भएको बताए ।
‘यो व्यवस्थामा जनताले अपेक्षा गरेको सुविधा पाएनन् । जनताले खोजे अनुसारको सर्भिस दिन स्थानीय तह, प्रदेश र संघीय सरकार बनायौँ । तीनवटै सरकारको लक्ष्मण रेखा कोरिएको छ । संविधानको लक्ष्मण रेखाभित्र रहेर तीन तहका सरकारले पुरा गर्नुपर्ने दायित्व पुरा नगरेको पायौँ’ देवकोटाले भने, ‘अध्यक्षसहित सातै वटै प्रदेशमा गयौँ । सातै प्रदेशमा घनिभूत छलफल गरियो । पालिकामा गएर पनि धेरै विज्ञहरूसँग छलफल गर्यौँ । सबैसँग छलफल गरेका हौँ । अहिले प्रदेशका मुख्यमन्त्रीलाई धन्यवाद दिन चाहन्छु । सबै प्रदेशले मन्त्रालयको संख्या घटाउनु भएको छ । उहाँहरूलाई एकदमै धन्यवाद छ ।’
आफूहरूले प्रदेशहरुसँग छलफल गरेपछि नतिजा आएको हुन सक्ने देवकोटाले बताए । ‘हामीले अरू देशेको प्राक्टिस पनि हेर्यौँ । भारतको दिल्लीको सभाको संविधानले स्पष्ट रूपमा लेखेको छ । संविधानमा सभाको १० प्रतिशत मात्रै मन्त्री बनाउने व्यवस्था छ । दिल्लीको जनसंख्या कूल एक करोड छ । दिल्लीमा मुख्यमन्त्री सहित सात जना मन्त्री भन्दा बढी छैनन्’ देवकोटाले भने, ‘नेपालको संविधान बमोजिम प्रदेश सभाको २० प्रतिशत मन्त्री हुन पाउने व्यवस्था छ । त्यो पनि धेरै हुन पुग्यो । अहिले मन्त्री घटाउने निर्णयले धेरै खर्च बचत हुन पुग्यो ।’
-
सर्वोच्चले माग्यो चोलेन्द्रमाथिको महाअभियोग प्रतिवेदन
सर्वोच्च अदालतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग सिफारिस समितिबाट पेश भएको प्रतिवेदन पेश गर्न...
६ घण्टा अगाडी २ मिनेट पाठ -
एमाले उम्मेदवारलाई राष्ट्रपति बनाए संविधान नै दुर्घटनामा पर्ने खतरा छ: गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले उम्मेदवारलाई राष्ट्रपति बनाए संविधान नै दुर्घटनामा पर्ने खतरा...
१० घण्टा अगाडी २ मिनेट पाठ -
राष्ट्रियसभा उपाध्यक्ष अर्यालद्वारा पार्टीको जिम्मेवारीबाट अलग भएको घोषणा
राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले नेकपा माओवादी केन्द्रसँगको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन्...
१० घण्टा अगाडी १ मिनेट पाठ -
विप्लव नेतृत्वको नेकपाले ५ र १५ फागुनमा देशव्यापी प्रदर्शन गर्ने
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले महंगी र चर्को ब्याजदरविरुद्ध फागुन ५ र...
१० घण्टा अगाडी १ मिनेट पाठ -
राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले दिइन् पार्टीबाट राजीनामा
राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले पार्टीबाट राजीनामा दिएकी छिन् । मंगलबार राष्ट्रिय सभाको उपाध्यक्ष...
१० घण्टा अगाडी १ मिनेट पाठ