संसदमा सीके राउतको प्रश्न: ठूला र साना दलका सांसदको बोल्ने समयमा किन विभेद?

जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत) ले संसदमा सांसदलाई बोल्ने समयमा एकरुपता कायम गर्न माग गरेका छन् । आज (मंगलबार) संसद बैठकमा बोल्दै पार्टीका अध्यक्ष राउतले ठूला दललाई बढि समय र साना दलका सांसदलाई थोरै समय दिएको भन्दै सभामुखको ध्यानाकर्षण गराए ।
‘संसदमा ९० सिट भएको दललाई ९० मिनेट र एक सिट मात्र भएको दल वा स्वतन्त्र सांसदलाई एक मिनेट समय दिइयो भने यो कति वैज्ञानिक छ ?,’ उनले भने, ‘यदि यसैलाई आधार मान्ने हो भने ९० सिट भएको पार्टीको सभासदलाई चिया खान पनि ९० मिनेट दिनुपर्यो । १ सिट मात्रै भएको सभासदलाई चियाखान वा वाथरुम जान एक मिनेट दिने देखियो ।’
सांसदहरुलाई छुट्याएको समय व्यवहारिक नभएको भन्दै उनले आक्रोश व्यक्त गरेका छन् । उनले भने, ‘यो समय वैज्ञानिक र व्यवहारिक हो कि होइन यसबारेमा सोच्नुपर्ने बेला आएको छ ।’ नेता राउतले संसदीय अभ्यासलाई समयअनुकूल बनाउन जरुरी रहेको बताए ।
यस्तै नेता रावतले संसद सञ्चालन नियमावलीमा व्यवस्था भएअनुरुप ठूला दलका सांसदको बैठकमा उपस्थित नदेखिएको भन्दै आपत्ति जनाएका छन् । उनले नियमावली साना दललाई मात्रै हो कि भन्दै प्रश्न गरेका छन् । उनले भने, ‘संसद सञ्चालन नियमावलीमा जसरी सबैको उपस्थित हुनुपर्छ । तर त्यसो देखिएन । त्यो नियमावली सानासाना दलका सांसदलाई मात्र हो कि ठूला दललाई पनि हो । यसमा पुनर्विचार गरियोस् ।’
हेर्नुहोस् यो भिडियो पनि:
-
डडेल्धुरामा २० वर्षीया युवती जंगलमा मृत फेला
डडेल्धुरामा एक युवती झुण्डिएको अवस्थामा मृत्त भेटिएकी छन् । आलिताल गाउँपालिका–७ मेलगाझाकी २० वर्षीया...
६ घण्टा अगाडी १ मिनेट पाठ -
सर्वोच्चले माग्यो चोलेन्द्रमाथिको महाअभियोग प्रतिवेदन
सर्वोच्च अदालतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग सिफारिस समितिबाट पेश भएको प्रतिवेदन पेश गर्न...
६ घण्टा अगाडी २ मिनेट पाठ -
एमाले उम्मेदवारलाई राष्ट्रपति बनाए संविधान नै दुर्घटनामा पर्ने खतरा छ: गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले उम्मेदवारलाई राष्ट्रपति बनाए संविधान नै दुर्घटनामा पर्ने खतरा...
१० घण्टा अगाडी २ मिनेट पाठ -
राष्ट्रियसभा उपाध्यक्ष अर्यालद्वारा पार्टीको जिम्मेवारीबाट अलग भएको घोषणा
राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले नेकपा माओवादी केन्द्रसँगको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन्...
१० घण्टा अगाडी १ मिनेट पाठ -
विप्लव नेतृत्वको नेकपाले ५ र १५ फागुनमा देशव्यापी प्रदर्शन गर्ने
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले महंगी र चर्को ब्याजदरविरुद्ध फागुन ५ र...
१० घण्टा अगाडी १ मिनेट पाठ