सांसद केसीको प्रश्न: अपराधमा संलग्न मान्छेलाई पार्टीहरुले काखी च्याप्नुको कारण के हो?

राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले राजनीति गर्ने मान्छे, पार्टी, नेता, सांसद, मन्त्रीप्रति जनताको विश्वास–श्रद्धा पटक्कै नभएको दावी गरेका छन् । आज (मंगलबार) प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद केसीले निर्दलीय व्यवस्था पक्षधरहरुले पनि राजनीतिक दलहरुप्रति घृणा फैलाइरहेको र अर्कोतिर राजनीतिक पार्टीहरुमा पनि विभिन्न खालको अपराधमा संलग्न मान्छेहरु आबद्ध रहेको जनताले देखिरहेको बताए ।
फौजदारी मुद्दा लागेको मान्छेलाई पनि आफ्नो पार्टीमा हुल्ने नयाँ चलन नभएको बताउँदै दक्षिण एसियाका देशहरुमा सामाजिक अपराधीहरू कारबाही गर्नुको सट्टा उनीहरूलाई राजनीतिक दलहरूले काखी च्याप्नुको कारण के हो भन्दै प्रश्न गरेका छन् । अपराधीलाई काखी च्याप्दा पार्टीको बदनाम, प्रणालीको नै बदनाम भइरहेको बताउँदै उनले भने, ‘विधिको शासन चलाउने भनेको त जुन औंलामा विष लाग्छ त्यो औँला त झर्छ नि । त्यसकारण यो संसदीय व्यवस्थालाई जनताप्रति आस्था जगाउने हो भने चाहे आफ्नो पार्टीको कार्यकर्ता होस, चाहे नेता होस, दूधको दूध, पानीको पानी, उसको कसुर अनुसार कारबाही गराउने कुरामा हामी प्रतिबद्ध हुनुपर्छ । हामीले हाम्रो सीमित दलगत स्वार्थका लागि आफ्नो पार्टीको मान्छे दोषी छ, खराब छ भने त्यसलाई जसरी पनि जोगाउने, त्यसैमा अर्को पार्टीको छ भने त्यसलाई किक आउट गर्ने यसले के गर्छ ? यसले विधिको शासन हैन मनपरी तन्त्र हुन्छ त्यसैले समयमै हामी चिन्नुपर्ने अवस्था छ ।’
उनले लडेर ल्याएको गणतन्त्र, लोकतन्त्र र संसदीय व्यवस्थालाई जोगाउन सक्छौं कि सक्दैनौं भन्ने अग्निपरीक्षामा रहेको बताएका छन् । यस्तै सभामुखलाई बधाई दिँदै सांसद केसीले सभामुखको भूमिका ‘बैदार हुन सजिलो छ सही बुझाउन गाह्रो’ भनेजस्तै चुनौतीपूर्ण रहेको बताए । लामो समय राजनीतिक पार्टीसँग आबद्ध रहेको व्यक्ति संसदभित्र बसेर तटस्थ बसेर सभामुखको भूमिका निर्वाह गर्न गाह्रो रहेको बताए ।
-
सर्वोच्चले माग्यो चोलेन्द्रमाथिको महाअभियोग प्रतिवेदन
सर्वोच्च अदालतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग सिफारिस समितिबाट पेश भएको प्रतिवेदन पेश गर्न...
७ घण्टा अगाडी २ मिनेट पाठ -
एमाले उम्मेदवारलाई राष्ट्रपति बनाए संविधान नै दुर्घटनामा पर्ने खतरा छ: गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले उम्मेदवारलाई राष्ट्रपति बनाए संविधान नै दुर्घटनामा पर्ने खतरा...
१० घण्टा अगाडी २ मिनेट पाठ -
राष्ट्रियसभा उपाध्यक्ष अर्यालद्वारा पार्टीको जिम्मेवारीबाट अलग भएको घोषणा
राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले नेकपा माओवादी केन्द्रसँगको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन्...
११ घण्टा अगाडी १ मिनेट पाठ -
विप्लव नेतृत्वको नेकपाले ५ र १५ फागुनमा देशव्यापी प्रदर्शन गर्ने
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले महंगी र चर्को ब्याजदरविरुद्ध फागुन ५ र...
११ घण्टा अगाडी १ मिनेट पाठ -
राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले दिइन् पार्टीबाट राजीनामा
राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले पार्टीबाट राजीनामा दिएकी छिन् । मंगलबार राष्ट्रिय सभाको उपाध्यक्ष...
११ घण्टा अगाडी १ मिनेट पाठ