देउवालाई विपक्षी दलको नेता भनेपछि संसद्का कर्मचारीमाथि खनिए सांसद सुवाल

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले संघीय संसद् सचिवालयका कर्मचारीमाथि खनिएका छन् । संघीय संसद् सचिवालयले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विपक्षी दलको नेता भनेपछि उनी कर्मचारीमाथि खनिएका हुन् ।
मंगलबार प्रतिनिधि सभामा नवनिर्वाचित सभामुख र उपसभामुखलाई बधाई दिन रोष्टमबाट बोल्दै सांसद सुवालले संघीय संसद्का पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७३ को दफा २ अनुसार सरकारलाई विश्वासको मत दिने नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी दल हुने अवस्था नरहेको दोहो¥याए । उनले संसद्ले बनाएको कानुन संसदमै लागू हुन नसकेमा अन्य ठाउँमा कानुन कार्यान्वयन हुन सक्ने अवस्था नहुने तर्क गर्दै यसले देशमा अराजकता प्रदान गर्ने उनले बताए ।
उनले आज प्रकाशित एक दैनिक पत्रिकामा संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमको निर्देशनमा सचिवालयका उपसचिव रामहरि थापाले कांग्रेसका शेरबहादुर देउवालाई प्रमुख विपक्षी दलको नेताको रुपमा सम्बोधन गरेर पत्र पठाएको समाचार रहेको र आज नै प्रकाशित अर्को पत्रिकामा सभामुख देवराज घिमिरेले प्रमुख विपक्षी दलको नेताबारे निर्णय नभएको समाचार आएको उल्लेख गरे ।
उनले संघीय संसद्का कर्मचारीले सभामुखलाई अप्ठेरोमा पार्ने काम किन गर्दैछन् भन्दै यसबारेको तथ्य बैठकलाई जानकारी गराउन मागसमेत गरे । सरकारलाई कांग्रेसले विश्वासको मत दिएका कारण कांग्रेस प्रमुख प्रतिपक्षी दल हुन नसक्ने जिकिर गर्दै नेमकिपाले आफ्नो दललाई प्रमुख प्रतिपक्षी दलको मान्यता दिन सभामुखलाई आग्रह गर्दै आएको छ ।
-
डडेल्धुरामा २० वर्षीया युवती जंगलमा मृत फेला
डडेल्धुरामा एक युवती झुण्डिएको अवस्थामा मृत्त भेटिएकी छन् । आलिताल गाउँपालिका–७ मेलगाझाकी २० वर्षीया...
६ घण्टा अगाडी १ मिनेट पाठ -
सर्वोच्चले माग्यो चोलेन्द्रमाथिको महाअभियोग प्रतिवेदन
सर्वोच्च अदालतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग सिफारिस समितिबाट पेश भएको प्रतिवेदन पेश गर्न...
६ घण्टा अगाडी २ मिनेट पाठ -
एमाले उम्मेदवारलाई राष्ट्रपति बनाए संविधान नै दुर्घटनामा पर्ने खतरा छ: गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले उम्मेदवारलाई राष्ट्रपति बनाए संविधान नै दुर्घटनामा पर्ने खतरा...
१० घण्टा अगाडी २ मिनेट पाठ -
राष्ट्रियसभा उपाध्यक्ष अर्यालद्वारा पार्टीको जिम्मेवारीबाट अलग भएको घोषणा
राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले नेकपा माओवादी केन्द्रसँगको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन्...
१० घण्टा अगाडी १ मिनेट पाठ -
विप्लव नेतृत्वको नेकपाले ५ र १५ फागुनमा देशव्यापी प्रदर्शन गर्ने
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले महंगी र चर्को ब्याजदरविरुद्ध फागुन ५ र...
१० घण्टा अगाडी १ मिनेट पाठ