मकवानपुरमा ३१ हजारभन्दा धेरै मत बदर

मकवानपुरमा प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत ३१ हजार चार सय ७४ मत बदर भएको छ । जिल्लामा प्रदेश र प्रतिनिधि सभामा खसेको कुल मतमध्ये उक्त संख्यामा मत बदर भएको बागमती प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
मतदाता शिक्षा अभावका कारण यस्तो भएका कारण देशका अन्य स्थानमा समेत ठूलो संख्यामा मत बदर भएका पाइएको हो । मकवानपुरमा यस पटकको तीन लाख सात सय ३३ मतदातामध्ये एक लाख ७८ हजार दुई सय ८२ जना मात्र मतदानमा सहभागी भएका थिए । मतदाता शिक्षा सञ्चालन भएपनि ठूलो संख्यामा मत बदर हुनु आश्चर्यजनक भएको निर्वाचन कार्यालयले उल्लेख गरेको छ । कार्यालयका अनुसार मकवानपुरका १० वटा स्थानीय तहका एक सय २२ वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको थियो ।
यहाँ दुई निर्वाचन क्षेत्र छन् । जसमध्ये मकवानपुर १ राप्रपाका दीपक सिंह र मकवनापुर २ एमालेका महेस गर्तौला विजयी भएका थिए ।
-
सर्वोच्चले माग्यो चोलेन्द्रमाथिको महाअभियोग प्रतिवेदन
सर्वोच्च अदालतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग सिफारिस समितिबाट पेश भएको प्रतिवेदन पेश गर्न...
५ घण्टा अगाडी २ मिनेट पाठ -
एमाले उम्मेदवारलाई राष्ट्रपति बनाए संविधान नै दुर्घटनामा पर्ने खतरा छ: गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले उम्मेदवारलाई राष्ट्रपति बनाए संविधान नै दुर्घटनामा पर्ने खतरा...
९ घण्टा अगाडी २ मिनेट पाठ -
राष्ट्रियसभा उपाध्यक्ष अर्यालद्वारा पार्टीको जिम्मेवारीबाट अलग भएको घोषणा
राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले नेकपा माओवादी केन्द्रसँगको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन्...
९ घण्टा अगाडी १ मिनेट पाठ -
विप्लव नेतृत्वको नेकपाले ५ र १५ फागुनमा देशव्यापी प्रदर्शन गर्ने
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले महंगी र चर्को ब्याजदरविरुद्ध फागुन ५ र...
९ घण्टा अगाडी १ मिनेट पाठ -
राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले दिइन् पार्टीबाट राजीनामा
राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले पार्टीबाट राजीनामा दिएकी छिन् । मंगलबार राष्ट्रिय सभाको उपाध्यक्ष...
१० घण्टा अगाडी १ मिनेट पाठ