मंगलवार, मंसिर १९ गते २०८०

२०८०, मंसिर १९गते

5th Dec 2023

नवलपरासी–१ बाट हृदयेश त्रिपाठीलाई हराउँदै विनोद चौधरी विजयी


Nepal Raibar
८, मंसिर २०७९ (अर्काइभ बाट)
नवलपरासी–१ को प्रतिनिधिसभा सदस्यतर्फ नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी निर्वाचित भएका छन् । उद्योगी चौधरी २३ हजार ८६१ मत पाएर निर्वाचित भएका हुन् । सार्वजनिक मत परिणाम अनुसार अर्बपति चौधरीले जनता प्रगतिशील पार्टीका उम्मेदवार हृदयेश त्रिपाठीलाई पाँच हजार ६४० मतान्तरले पराजित गर्दै जित हाँसिल गरेका हुन् । त्रिपाठीले १८ हजार २२१ मत प्राप्त गरेका छन् । यसैगरी, तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीले १२ हजार ३४१ मत प्राप्त गरेका छन् ।