बिहिवार, फाल्गुण १७ गते २०८०

२०८०, फाल्गुण १७गते

29th Feb 2024

    बिहिवार, फाल्गुण १७ २०८०

बझाङमा एमालेको पत्तासाफ, गठबन्धनको क्लीन स्वीप


Nepal Raibar
८, मंसिर २०७९ (अर्काइभ बाट)
बझाङमा एमालेको पत्तासाफ, गठबन्धनको क्लीन स्वीप
सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लामा २०७९ सालमा कुल १ लाख २२ हजार ३ सय ७६ जना मतदाता छन् । यीमध्ये ६१ हजार ६ सय ८२ जना पुरुष र ६० हजार ६ सय ९४ जना महिला छन् । बझाङमा प्रतिनिधिसभाको एउटा र प्रदेशसभाको दुईवटा निर्वाचन क्षेत्र रहेका छन् । प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा यहाँ वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले जितेका छन्। प्रतिनिधिसभा सदस्यमा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार पूर्वमन्त्री भानुभक्त जोशीले नेकपा (एमाले)का ऐन महरलाई पराजित गरे। जोशीले २८ हजार १ सय ४३ मत प्राप्त गर्दा महरले २७ हजार ४ सय १२ मत ल्याए। महर जोशीसँग ९ सय ९८ मतान्तरले पराजित भएका हुन् । जिल्लामा प्रतिनिधि सभा सदस्यका लागि ८ जना उम्मेदवार चुनावी मैदानमा भएता पनि नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी) बीच रोचक प्रतिस्पर्धा भएको थियो। त्यस्तै प्रदेशसभा क्षेत्र नम्बर १ (क) मा पनि बझाङमा गठबन्धनको तर्फबाट उम्मेदवार रहेका नेपाली काँग्रेसका पृथ्वी बहादुर सिंह विजयी भएका छन् । एमालेका उम्मेदवार अफिलाल ओखेडालाई ३ हजार ३ सय ६९ मतले पराजित गर्दै सिंह विजयी बनेका हुन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सिंहले १६ हजार ६७७ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका ओखेडाले १२ हजार ९९८ मत प्राप्त गरेका छन् । यस्तै, राप्रपा नेपालका कर्णबहादुर खड्काले ४१२ र राप्रपाका हरिलाल भट्टराईले ३९५ मत प्राप्त गरेका छन् । क्षेत्र नम्बर १(ख) मा पनि गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का भीम बहादुर भण्डारी विजयी भएका छन्। भण्डारी १३ हजार ८ सय ७९ मत प्राप्त गरेर विजयी भएका हुन् भने उनका प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार लाल बहादुर (एलबी) रावल ११ हजार ३ सय ३७ मत ल्याएर पराजित भएका हुन्। क्षेत्र नं १(ख) मा पाँच जना उम्मेदवार थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार वीरेन्द्र बहादुर मल्लले २२ सय ७२ मत प्राप्त गरेका छन्। राप्रपा नेपालका उम्मेदवार कृष्ण बहादुर सिंहले ४ सय ३८ मत प्राप्त गरे भने स्वतन्त्र उम्मेदवार गणेश बहादुर भण्डारी ७७ मत प्राप्त गरेका छन् । बझाङमा प्रतिनिधिसभा सदस्य निर्वाचन तर्फ ६३ हजार ४८९ मत खसेको थियो । प्रदेशसभा तर्फ प्रदेश ‘१’ (क) का लागि ३२ हजार ८ सय ३३ मत खसेको थियो भने १ (ख) मा ३० हजार ६५६ मत खसेको थियो ।

ताजा अपडेट