जीत होइन, जिम्मेवारी बढेको छः डा. तोसिमा कार्की(भिडियो)
Nepal Raibar
८, मंसिर २०७९
(अर्काइभ बाट)
0
SHARES
नव निर्वाचित प्रतिनिधिसभा सदस्य डा. तोसिमा कार्कीले पाँच वर्षमा देशबासीले गर्व गर्न लायक राजनीतिज्ञ बन्ने बताएकी छिन् ।
ललितपुर क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य कार्कीले आज बिहीबार मुख्य निर्वाचन अधिकृतबाट निर्वाचित भएको प्रमाणपत्र बुझ्ने क्रममा कार्यक्रमलाई सम्बोधन गर्दै आगामी पाँच वर्ष देशले गर्व गर्न लायक राजनीतिज्ञ बनेर उभिने बताएकी हुन् ।
उनले संसदमा जनमुखी मुद्दाहरु उठाउने बताएकी छन् । उनले आफूले मतदाताहरु समक्ष राखेको प्रतिवद्धताहरु पूरा गरेपछि मात्रै विजय मनाउने भन्दै जितलाई जिम्मेवारीको रुपमा लिएको उल्लेख गरिन् । उनले मतदाताहरुलाई आफूलाई निरन्तर खबरदारी गरिरहन अनुरोध पनि गरिन् ।
भिडियो र तस्बिरहरु -
https://youtu.be/WguybxgYsSs