मंगलवार, मंसिर १९ गते २०८०

२०८०, मंसिर १९गते

5th Dec 2023

एमालेलाई धन्यवाद दिदैँ कमल थापाले मतगणना नसकिँदै हार स्वीकारे, अझै २० हजार मत गणना बाँकी


Nepal Raibar
८, मंसिर २०७९ (अर्काइभ बाट)
प्रतिनिधिसभा सदस्यतर्फको निर्वाचनमा मकवानपुर १ बाट उम्मेदवार बनेका राप्रपा अध्यक्ष कमल थापाले मतगणना नसकिँदै हार स्वीकार गरेका छन्। एमालेको चुनाव चिन्ह लिएर मकवानपुर १ बाट उम्मेदवार बनेका थापाले हार स्वीकार गर्दै मतदातालाई धन्यवाद दिएका छन्। मकवानपुर–१ मा कांग्रेसको तर्फबाट डिना उपाध्याय उम्मेदवार छन् भने राप्रपा अध्यक्ष थापा एमालेको चुनाव चिन्ह लिएर लडेका थिए। त्यहाँ अझै २० हजार मत गणना बाँकी रहेको छ।